अनुष्का श्रेष्ठलाई मिस नेपाल २०१९ को उपाधी (कस कसलाई के के उपाधी)

अनुष्का श्रेष्ठले ‘मिस नेपाल वल्र्ड २०१९’ को उपाधी जितेकी छन् । प्रतियोगिताका अन्उय प्रतिस्पर्धीहरूलाई पछि पार्दै उपाधी हात पार्न सफल भइन् । उनलाई ‘मिस नेपाल वल्र्ड २०१८’की शृङ्खला खतिवडाले ताज पहिराएकी हुन् ।

कार्यक्रमकी मुख्य निर्णायक ईला शर्माले ‘हामीले अधिकार भन्दा कर्तव्यलाई बढी ध्यान दिएर काम गरे यो संसार र समाज उत्कृष्ट बनाउन सकिन्थ्यो ? तपाईंको के राय छ ? भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिँदै अनुष्काले उपाधि हात पार्न सफल भएकी हुन् ।

यससँगै उनले यमाहा मिस फेसिनो उपाधि पनि हासिल गर्न सफल भएकी छन् ।

यस्तै ‘मिस नेपाल युनिभर्स’को उपाधि प्रदिप्ता अधिकारीले जितेकी छिन्।मिस नेपाल सुपर नेशनलको उपाधि रोज लामाले पाएकी छिन् भने ‘मिस नेपाल इन्टरनेसनल’को उपाधि मीरा कक्षपतिले हात पारिन्। मिस नेपाल अर्थको उपाधि भने रिया बस्नेतले जितिन्।

अनुष्का श्रेष्ठ मिस नेपाल 2019
अनुष्का श्रेष्ठ मिस नेपाल 2019

पपुलर च्वाइसः रिया बस्नेत

मिस ट्यालेन्टः प्रदिप्ता अधिकारी

यमाहा मिस फ्यासिनोः अनुष्का श्रेष्ठ

ब्युटी विथ द पर्पोजः नितिका कर्माचार्य

मिस बेस्ट एथलेट्सः प्रदिप्ता अधिकारी

मिस कन्फिडेन्टः निशा पाठक

कमेन्टहरु
Loading...