सुगम सङ्गीत यात्राको अध्यक्षमा अनुराग अधिकारी

पोखरा, भदौ २० / पोखराबाट सञ्चालित साङ्गीतिक अभियान सुगम सङ्गीत यात्राको अध्यक्षमा गजलकार अनुराग

अधिकारी चयन भएका छन् । विगत ३ वर्षदेखि सञ्चालित अभियानमा संलग्न गीतकार, सङ्गीतकार तथा

गायक÷गायिकाहरुको भेलाबाट यात्राको आयोजक संस्थाहरुमध्येबाट अधिकारीलाई अध्यक्ष चयन गरेको हो ।

यात्राका उपाध्यक्षमा सङ्गीतकार नवराज बराल र सचिवमा गायक रामभक्त जोजिजू चयन भएका छन् । यस्तै

कोषाध्यक्षमा गायिका इतु जोजिजू, सहसचिवमा साहित्यकार रुपिन्द्र प्रभावी र सदस्यहरुमा गायक सुनील बराल र

गायिका प्रमिला बराल छन् ।

हरेक महिना अनुपम म्युजिक, त्रिवेणी सङ्गीतालय र जे. ई. म्युजिक एकेडेमीको संयुक्त आयोजनामा हुँदै आएको

साङ्गीतिक अभियान सुगम सङ्गीत यात्रालाई अझै व्यवस्थित गर्ने उद्देश्यले कार्यसमितिको संरचनामा अगाडि बढ्न

लागिएको अध्यक्ष अनुराग अधिकारीले जानकारी दिए । आगामी दिनमा संसारका जुनसुकै भागमा रहेका नेपाली

गीत÷सङ्गीतप्रेमीहरुलाई सदस्यता वितरण गरेर अगाडि बढ्ने योजना बनाइएको अध्यक्ष अधिकारीले बताए ।

कमेन्टहरु
Loading...