पत्रकार अनुपको वारिको डाँडामा म… (भिडियो सहित)

काठमाडौँ, २७ फागुन /पत्रकार अनुप ओझा गायकको रुपमा पनि छाउने भएका छन् । ओझाले गीत ‘’ लिएर श्रोतामाझ आएका छन् । उक्त गीत युट्युबमार्फत शनिबार सार्वजनिक भएको हो । अनुपले नै लेखेको र अनि सागर राजले संगीतबद्ध गरेको गीतको भिडियो द नेक्स्टले बनाएको हो ।

अनुपका अनुसार, उक्त गीतले दुई युवाको बाल्यकालीन मित्रताको सन्दर्भ समेटेको छ । ‘पढाइ वा अरू कारणले दुई मित्रमध्ये एक जना देशबाहिर र अर्को देशभित्रै रहनुपर्दा सम्झना हुने विगतलाई गीतले लय दिन खोजेको छ,’ उनी भन्छन्, ‘भिडियोमा त्यो कुरा राम्ररी आउन सकेको छ ।’

अस्ट्रेलियामा रहेको नेपाली कलाकारको समूह द नेक्स्टका प्रदीप लामाले निर्देशन गरेको उक्त भिडियोमा अनुप, द नेस्क्टका कलाकर्मी तथा दिप्सन परियार, निर्मल न्यौपाने, बाल कलाकारहरु सुजन पोखरेल र समीर तामाङले खेलेका छन् । नेपाल र अस्ट्रेलियामा छायांकन गरिएको भिडियो यस स्टडी अस्ट्रेलियाले उत्पादन गरेको हो । यसलाई द नेक्स्टले सागर राज फिल्म्सको सहकार्यमा प्रस्तुत गरेको हो ।

‘नेपाल र अस्ट्रेलियामा छायांकन गरिएको यो हाम्रो पहिलो प्रोजेक्ट हो,’ ‘जालमा,’ ‘मै नाचेँ छमछमी,’ ‘फन्टास्टिक,’ ‘मीठो,’ ‘यो के भयो’ जस्ता लाखौँ भ्युज पाएका म्युजिक भिडियो बनाइसकेका प्रदीप भन्छन्, ‘बनाउन अलिक समय लागे पनि अहिले हेर्दा सन्तोष लागेको छ । साथीभाइलाई मिस गर्ने सबै जनालाई यो भिडियो मन पर्छ ।’

‘काठमान्डु पोस्ट’ मा कार्यरत अनुपको यो गीत पहिलो भए पनि संगीतसँगको साइनो भने नयाँ होइन । उनले उक्त अंग्रेजी दैनिकमा लामो समयदेखि संगीत सम्बन्धी समाचार–समीक्षा लेख्दै र देश–विदेशका सांगीतिक हस्तीहरूसँग अन्तर्वार्ता गर्दै आइरहेका छन् । अर्कातर्फ उनले वरिष्ठ रंगकर्मी सुनील पोखरेलसँग अभिनय कौशल पनि सिकेका छन् ।

‘मेरा लागि मित्रतालाई सेलिब्रेट गर्ने यो गीतभन्दा गतिलो अर्को उपाय हुन सक्दैनथ्यो,’ अनुप भन्छन्, ‘आफ्ना मनका मान्छेबाट, बाल्यसखाबाट टाढा हुन बाध्य नेपालीहरूलाई यो गीतले एक चोटि झकझकाउँछ भन्ने विश्वास छ ।’

कमेन्टहरु
Loading...