अनाथ बालबालिकाको सहयोगका लागि पोखरामा साँगीतिक कार्यक्रम हुने

पोखरा २१ चैत्र /अनाथ बालबालिकाको सहयोगका लागि पोखरामा साँगीतिक कार्यक्रम हुने भएको छ ।सेभ द चिल्ड्रेन र सेभ द नेसनको आयोजनामा आगामी बैशाख ७ गते कार्यक्रम आयोजना हुने भएको हो ।

अनाथ तथा असहाय बालबालिकाको सहयोगका लागी उक्त साँगीतिक कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक कमल पौडेलले जानकारी दिए ।कार्यक्रममा राष्ट्रिय तथा स्थानिय कलाकारले आफ्नो प्रस्तुती राख्नेछन् ।

कार्यक्रममा गायक शिव परियार, मेलिना राई, चोलेन्द्र पौडेल, प्रकाश सपुत,नेपाल आइडलबाट चिनिएकी पोखराकी गायिका निलिमा थापामगर,सन्तोष सुवेदी, सन्तोष बस्याल लगायतले साँगीतिक प्रस्तुति राख्ने आयोजकले जनाएको छ ।कार्यक्रममा नायक राजेश हमालको पनि उपस्थिती रहनेछ । कार्यक्रम दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म पोखराको गैह्रापाटन स्थित पोखरा उद्योग वाणिज्य संघको सभाहलमा हुनेछ ।

कमेन्टहरु
Loading...