एलिनाको “आँखा भरी आँशु” रिलिज (भिडियो सहित)

पोखरा, २५ असार /रोजगारीका लागि होस् या अध्ययनका लागि । विदेश जानुपर्ने नेपाली युवाको वर्तमान नियती हो । यस्तै नियतिमा विदेश जान लागेका आप्mना प्रेमिकालाई गीत मार्फत फकाएका छन्, नवगायिका एलिना गुरुङले । उनैको शब्द, संगीत र स्वरमा सजिएका “आँखा भरी आँशु…….” को म्युजिक भिडियो आइतबार रिलिज गरिएको छ ।

पोखराको शान्ति वन वाटिका, फेवाताल किनार र तनहुँ दमौलीको मादी किनारमा छायाङ्कन गरिएको म्युजिक भिडियो सार्वजनिक गरेको पहिलो दिनमै धेरै दर्शकले मन पराएको निर्देशक खिमबहादुर गुरुङले जानकारी दिए । यसअघि बरिष्ठ कलाकमी माओत्से गुरुङ फिल्मस्को प्रस्तुती रहेको नेपाली चलचित्र “नरे” मा अभिनय गरिसकेकी एलिना गीत संगीतमा भने पहिलो पटक देखिएकी हुन् । उनको यो गीतमा आँफैँले अभिनय समेत गरेकी छिन् ।

जोजुजो संगीतकला केन्द्रमा संगीत सिकेकी एलिनाको यो गीत पप शैलीमा छ । उनले अभिनय भन्दा गीत संगीतमै लाग्न चलचित्रका प्रस्तावहरु छाडेका बताइन् । आफुले चाहे जस्तो कथावस्तु पाए अभिनय यात्राामा लाग्ने उनले सुनाइन् ।
पोखराको नमस्ते रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको उनको गीत “आँखा भरी आँशु…..” को अडियो तथा म्युजिक भिडियो निर्माता हकङकङ निवासी गिरी प्रसाद गुरुङ रहेका छन् ।

गीतको रेकर्डिङ र म्युजिक भिडियो निर्माणमा भण्डै चार लाख खर्च लागेको कार्यकारी निर्माता डिलबहादुर गुरुङले जानकारी दिए । मुनाल फिल्म्स्को ब्यानरमा बनेको उक्त म्युजिक भिडियो स्ट्रिम नेपालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

 

कमेन्टहरु
Loading...