वर्षको विशेष चलचित्रबाट पुरस्कृत चलचित्र अग्नि दहनलाई पोखरामा सम्मान

श्याम राना
पोखरा, १८ असार /वर्षको विशेष चलचित्र पुरस्कारबाट पुरस्कृत चलचित्र अग्नि दहन युनिटलाई पोखरामा आइतबार बधाई तथा सम्मान गरिएको छ । चलचित्र पत्रकार संघ कास्की र पोखरा फिल्म सोसाइटीको संयुक्त आयोजनामा फिल्म युनिटलाई सम्मान गरिएको हो ।
खादा तथा सम्मान ग्रहण गर्दै निर्देशक घनश्याम लामिछानेले चलचित्र पुरस्कृत हुदाँ खुसिले भाबविह्वल भएको बताए ।

उनले भने, ‘अनपेक्षित उपलब्धि हसिल भएको छ ।’ धेरै दिग्गज व्यक्तिहरुले पाउन नसकेको अर्वाड पोखरेली चलचित्रले पाएको छ । उनले भने, ‘निकै कम चलचित्र, निर्देशकले मात्र यो अर्वाड पाएका छन् ।’चलचित्र राम्रो हुनुमा कलाकार, कथा लेखन, क्यामेरा, सबै टिमको उत्तिकै भुमिका रहेको छ । ‘यो अर्वाड सम्पूर्ण पोखरेलीको हो’, उनले भने, ‘पोखली साथीहरुसँग यो खुसि साट्न पाउँदा खुसि छु ।’

पोखरा फिल्म सोसाइटीका अध्यक्ष हितेस प्रधानले चलचित्र युनिटलाई बधाई दिदै पोखरेलीलाई निकै ठुलो सम्मान मिलेको बताए । उनले भने, ‘प्रमुख समस्या भनेकै पहुँचवालाले मात्र पुरस्कार पाउँछन् । मोफसलबाट झकझकाई रहनु पर्छ ।’ चलचित्र पत्रकार संघ कास्कीका महासचिव राजाराम पौडेलले चलचित्र युनिटलाई बधाई दिदै आफैले सम्मान पाए जस्तो महसुस भएको बताए ।

लोकमणी पौडेलको कथा, घनश्याम लामिछानेद्वारा निर्देशित चलचित्रमा प्रमिला तुलाचन, तुलसा जिसी, तारा बहादुर गुरुङ, डाक्टर निर्मल लामिछाने लगायतका कलाकारको अभिनय रहेको छ । ४ लाख नगद पुरस्कार रासी रहेको अर्वाड यस वर्ष पञ्चायत र अग्नि दहन २ चलचित्रले हात पारेका छन् । ८ जिल्लामा आजदेखि चलपत्रिको निशुल्क प्रदर्शन गरिने चलचित्र युनिटले जनाएको छ ।

कमेन्टहरु
Loading...