आदर्श महोत्सवमा उंटले दर्शक तान्दै

मंसिर ३,पोखरा/लेखनाथको भण्डारढिकमा सञ्चालित प्रथम आदर्श महोत्सवमा राखिएको उटले दर्शक तान्न सफल भएको छ । निर जहिले रिसाउने भन्ने गीतमा डान्स गर्ने उटको प्रदर्शनीले महोत्सवमा आउने दर्शकको मन जित्न सफल भएको हो । गीतमा डान्स गर्ने उटले कुकुर र सिंहको जस्तो एक्टिङ संगै दर्शकसंग हात मिलाउने र दर्शकलाई चुम्बन गर्ने कलाले महोत्सवमा आउने दर्शकको मन जित्न सफल भएको महोत्सव संयोजक किसान गुरुङले जानकारी दिए । महोत्सवमा विशेष गरी जाडो मौसमका सामाग्री र सुन्तला किन्नेहरुको समेत भीड लाग्ने गरेको छ ।

यतिवेला सुन्तला र जाडो सिजनको सुरुवातको समय भएकाले पनि महोत्सवमा आउने अधिकांशले सुन्तला र जाडो मौसममा प्रयोग हुने सामाग्रीहरु लिएर जाने गरेका छन । महोत्सवमा आइतबार मात्रै ५ हजार दर्शकले महोत्सवको अवलोकन गरेका छनभने २४ लाखको कारोबार भएको छ । महोत्सवमा आइतबार बहुचर्चित लोकदोहोरी गायक पशुपति शर्माको प्रस्तुतीमा महोत्सवमा आएका दर्शक झुमेर नाचे । शर्मा संगै लोकदोहोरी गायक तारापति सुवेदी, सुरेश भुर्तेल, बसन्ती थापा, चाहाना श्री लक्ष्मी नेपाली र लक्ष्मण सिंह ठकुरीको दोहोरी प्रस्तुतीले दर्शकलाई भरपुर मनोरन्जन प्रदान गरेका थिए ।

त्यसैगरी आइतबारनै आधुनिक तर्फ रमेश राज भट्टराइ र बबि सुनारको प्रस्तुती रहेको थियोभने हास्यब्यङ्ग्य तर्फ गुलेली कान्छाको प्रस्तुतीले दर्शकलाई हसाएका थिए । महोत्सवमा सरगम सांस्कृतिक कला केन्द्र र आकृति नेपालीको नृत्य रहेको थियोभने लाइभब्याण्ड तर्फ आइतबार सांझ योगेश काजी दि रिदम ब्याण्डको प्रस्तुती रहेको थियो । महोत्सवमा लोकदोहोरी गायिका शर्मिला गुरुङ, चोलेन्द्र पौडेल, शिवहरी ढुंगाना, प्रदिप त्रिपाठी, कृष्ण बिक, लक्ष्मी बानिया, सीता परियार, जगत पौडेलको प्रस्तुती रहनेछभने आधुनिक तर्फ काली प्रसाद बास्कोटा, सन्तोष बस्याल, शैमा श्रेष्ठको प्रस्तुती रहने छभने लाइभ ब्याण्ड तर्फ एक्स डाइमण्ड ब्याण्डको प्रस्तुती रहने छ । त्यसैगरी एमजे डान्स स्कुल र आकृति नेपालीको नृत्य प्रस्तुत रहने आयोजकले जनाएको छ ।

कमेन्टहरु
Loading...