सातौ सफलता तिज गीत प्रतियोगीतामा कमल जोसी आमा समुह पहिलो

पोखरा, ४ भाद्र /सफलता मिडिया प्रालिद्धारा संचालित रेडियो सफलता १०३.४ मेगाहर्ज पोखराद्धारा आयोजित सातौै संस्करणको “ तिज गीत प्रतियोगीता २०७४” मा कमल जोसी आमा समुह प्रथम भएको छ । यस्तै प्रगतिशिल युवा क्लब दोस्रो, गैरी खेतदृष्टी मार्ग तृतीय र मासवार आमा समुह साम्त्वना भएको छ ।

प्रतियोगीतामा लोकदोहोरी प्रतिष्ठान हेमजा समुह उत्कृष्ट नृत्य, कास्की नेत्र हिन दिदिबहीनि समुह उत्कृष्ट भेषभुषा र अंमरसिंह दिदिबहीनि को समुह अनुसाशित घोषीत भएको छ । प्रतियोगीतामा पहिलो हुने समुहले नगद रु.१५ हजार, दोस्रो हुनेले नगद रु. १० हजार, तृतिय हुनेले नगद रु. ५ हजार र साम्त्वना हुने समुहले नगद रु. २ हजार साथमा प्रमाणपत्र पुरस्कार प्राप्त गरेका छन् । यस्तै उत्कृष्ट नृत्य, भेषभुषा तथा अनुशासित समुहलाई नगद रु.२/२ हजार प्रदान गरिएको रेडियोले जनाएको छ ।

प्रतियोगीताको सातौँ संस्करणमा २६ टिमले भाग लिएका थिए । नेपाल सरकार सामाजीक स्वास्थ्य सुरक्षा विकास समिति कास्की को सहकार्यमा भएको कार्यक्रमको मुख्य प्रायोजक जानकी एग्रो पोर्डक्ट नयावजार ले गरेको हो ।कार्यक्रममा बोल्दै जानकी एग्रो प्रर्डक्ट का प्रायोजक दिपक तिमिल्सीना ले रेडियो को प्रशंशा गर्दै स्वास्थ्य विमा गरेर सबैलाई जिवन रक्षा गर्न आग्रह गर्नुभयो ।यस्तै नेपाल सरकार सामाजीक स्वास्थ्य सुरक्षा विकास समिति कास्कीका प्रमुख कृष्ण भट्टराई ले स्वास्थ्य विमा जस्तो महत्व पुर्ण कार्य मा रेडियोले संस्कृति संगै समाजमा पनि चेतना अभिवृद्धी गर्न टेवा पुर्यको मा जोड दिनुभयो ।

यस्तै महिला तथा बालबालिका कार्यलय कास्की प्रमुख लक्ष्मी जिसीले कार्यक्रममा बोल्दै महिलाहरुको माहान पर्व हरितालिका तिज को शुभकामना दिदै स्वास्थ्य विमाले विरामी पर्दाधेरै ठुलो सहयोग हुनेमा जोड दिनुभयो । यस्तै समाजसेवि तथा संचारकर्मी सरस्वति गुरुङले महिलाहरुलाई सम्मान गर्ने चाड भनेको नै तिज रहेको बताउदै महिला दिदिबहीनिहरु लाई अब आगामी दिनमा नेत्तृत्व तहमा पुग्नको लागी पनि सबै महीला दिदिबहिनी यस प्रकारका पर्वहरुलाई महिला शसक्तिकरणको मौका रुपमा लिनुपर्ने उल्लेख गर्नुभयो ।

वडा नम्बर ७ का वडाध्यक्ष रामचन्द्र बरालले शुभकामना मन्तव्य राख्दै संस्कार जोगाउदै आगामी दिनमा अझ प्रभावकारी काम गर्दै जानको लागी आग्रह गर्नुभयो । यसै विच रेडियोले सामाजीक क्षेत्रमा सेवा गदै महिलाको अधिकार संरक्षणका लागी विभिन्न काम गर्दै आउनुभएका सामाजीक व्यतित्व माहाकाली बराल लाई प्रमाणपत्र र दोसल्ला ओडाएर सम्मान गरेको थियो ।स्थापनाकाल देखी निरन्तर गर्दै आएको उक्त प्रतियोगीताको सातै संस्करणमा स्वास्थ्य विमा लाई जोड दिईएको रेडियोकी प्रबन्ध निर्देशक दुर्गा अधिकारीले बताउनुभयो । रेडियो सफलताकी प्रबन्ध निर्देशक अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मधु अधिकारी र संचालन सावित्रा कोइरालाले गर्नुभएको थियो ।

कमेन्टहरु
Loading...