Advertisements
Ganthan News Pokhara
All news from Pokhara & around

यस कारण सम्राज्ञीले दोस्रोपटक पनि पाइनन् बेलायतको भिसा

0 273

१८ पुस /अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई दोस्रो पटक पनि बेलायतले भिसा दिन अस्वीकार गरेकाे छ ।

चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ छायाँकनको लागी बेलायत जानु पर्ने सामा्रज्ञीलाई दोस्रो पटक भिसा एप्लाई गर्दापनि नदिएको हो । बुझिए अनुसार साम्राज्ञीको नामको कारण उनलाई बेलायत सरकारले भिसा नदिएको हो ।

साम्राज्ञीको नागरितामा प्रियंका नाम रहेको छ । पहिलो पटक भिसा एप्लाई गर्दा उनको नाम र कागजातहरू बलियो नभएको कारण उनलाई भिसा दिइएको थिएन्।

दोस्रो पटक साम्राज्ञी नामको सिफारिससँगै बलियो कागजातहरू बनाएर भारत पुगेकी थिइन् । भारतमा पुगरे भिसाको लागी आवदेन दिएकी साम्राज्ञीलाई फरिपनि बेलायतले पत्याएन । साम्राज्ञीलाई भिसा नदिदाँ चलचित्र निर्माण टिम भने यति बेला तनावमा छ ।

चलचित्रको केही प्रतिशत छायाङ्कन नेपालमा भइसकेको छ ।

Advertisements

Leave a Reply (कमेन्ट गर्नुहोस्)