पाँचौ विभोर सोसाइटी राष्ट्रिय ह्विलचियर बास्केटबल प्रतियोगिताको उपाधी जाउलाखेललाई

पोखरा, २१ चैत /अपांङ्ग खेलकुद समिति कास्की र स्वाबलम्बन जिवन पद्धती समाज नेपालको संयुक्त आयोजनामा पोखरामा सम्पन्न पाँचौ भिबोर सोसाइटी राष्ट्रिय ह्विल चियर बास्केटबल प्रतियोगिता–२०७३ को उपाधी जाउलाखेलले जितेको छ । पोखरा रंगशालामा सोमबार सम्पन्न फाइनल खेलमा नेपाली सेनको आर्मी टिमलाई ३०–२७ स्कोरले पराजित गर्दै जाउलाखेलले उपाधी आफ्नों नाम गराएको हो ।

प्रतियोगितामा आयोजक अपांङ्ग खेलकुद समिति कास्कीले तृतीय स्थान प्राप्त ग¥यो । तेश्रो स्थानका लागि भएको प्रतिस्पर्धामा आयोजकले डब्लु. एस. ए. जोरपाटीलाई १८–१० स्कोरले पराजित गरेको हो । प्रतियोगितामा प्रथमले नगद २० हजार सहित ट्रफि मेडल, द्वितियले नगद १० हजार सहित ट्रफि मेडल तथा तृतीले समुहले ५ हजारका साथमा ट्रफि मेडल पुरस्कार प्राप्त गरे । वर्षातका कारण फाइनल खेल अबरुद्ध हुदै पुन ः सञ्चालन हुँदै सम्पन्न भएको हो । तेश्रो स्थानका लागि भएको खेल पनि वर्षातका कारण केहि समय रोकिएको थियो ।

प्रतियोगितामा जाउलाखेलका दानबहादुर थिङ उत्कृष्ट खेलाडी तथा आर्मीका राजु कटुवाल हाइयष्ट स्कोरर भए । उनले १५ स्कोर गरेका थिए । उनीहरुले मोवाइल पुरस्कार प्राप्त गरे । विजयी खेलाडीहरुलाई पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल, नेपाल बास्केटबल संघका उपाध्यक्ष जुमप्रसाद गुरुङ्ग लगायतले पुरस्कार वितरण गरे । आयोजक संस्थाका अध्यक्ष भरतविक्रम बानियाँको अध्यक्षतामा पुरस्कार वितरण समारोह सम्पन्न भएको हो । दुई दिन सम्म सञ्चालित प्रतियोगितामा ६ टिमले भाग लिएका थिए ।

कमेन्टहरु
Loading...