पोखरामा जारी भलिबल प्रतियोगितामा टिजी गर्लस् र दोबा समाज उपाधि नजिक

पोखरा, ११ असोज / पोखरा भलिबल प्रशिक्षण केन्द्रको आयोजनामा नदिपुरमा जारी तेस्रो संस्करणको क्लब स्तरीय भलिबल प्रतियोगितामा टिजी गर्लस् र दोबा समाज उपाधि नजिक पुगेको छ ।

छन्त्याल समाजको खेलमैदानमा ‘स्वास्थ्यका लागि खेलकुद, खेलाडी राष्ट्रका गौरव’ भन्ने नारा सहित शनिबार सम्पन्न सेमिफाईनलबाट टजी गर्लस् र दोबा समाज उपाधि नजिक पुगेको हो ।
पहिलो सेमिफाईनल खेलमा टिजी गर्लले २५–९ र २५–२२ को सोझो सेटले लालीगुँरास पुन समाज लामाचौरलाई हराउदै फाईनलमा प्रबेश गरेको प्रतियोगिता संयोजक तथा राष्ट्रिय भलिबल रेफ्री अनिल गुरुङले बताए ।

उनका अनुसार अर्काे सेमिफाईनल खेलमा दोबा समाजले दग्नाम समाजलाई २५–१५ र २५–१४ को सोझो सेटले पाखा लगाउदै फाईनलको स्थान सुरक्षित गर्याे ।  उनले पुरुष तर्फ आयोजक टिम रातो फाईनलमा प्रबेश गरेको बताउदै आयोजक टिम रातोले पर्बत भलिबल सँघलाई २५–२२, २३–२५, २५–१४ र २५–२१ को सेटले पराजित गरेको बताए ।

गुरुङले मार्बल ईन्तटरप्राईजेज बिरौटा र कुस्मी शेरा बाग्लुङ बिचको दोस्रो सेमफाईनल खेल आईतबार बिहान ७ बजे सञ्चालन गरिने बताए । गुरुङले भेट्रान्स तर्फ रामबजार र पृथ्वीचोक भेट्रान्स फाईलनमा प्रबेश गरिसकेको बताउदै पुरुष, महिला तथा भेट्रान्स तर्फको फाईनल खेल आईतबार सम्पन्न गरिने बताए ।

क्लबका अध्यक्ष मनोज खड्काका अनुसार प्रतियोगिताकोे पुरुष तर्फको बिजेता र उपबिजेता टिमले क्रमश शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु ५५ हजार ५ सय ५५ र ३५ हजार ५ सय ५५ रुपैया प्राप्त गर्नेछ भने महिला तर्फ बिजेता र उपबिजेता टिमले क्रमश शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु २० र १३ हजार प्रदान गरिनेछ । त्यस्तै भेट्रान्स तर्फको बिजेता र उपबिजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित खसी प्राप्त गर्नेछ ।

कमेन्टहरु
Loading...