सहारा एकेडेमीका वालकहरुलाई जर्सी हस्तान्तरण

पोखरा ४, भदौ/सहारा हङकङकी सदस्य एवं गुरुङ फिल्मका नायिका श्री कुमारी ( माया ) गुरुङले पोखरा १७ दोविल्लामा रहेको सहारा एकेडेमीमा रहेका वालकहरुलाई जर्सी सहयोग गरेकी छिन ।

नायिका गुरुङ सहारा एकेडेमीका वालकहरुको लागि ३० थान जर्सी शनिबार वालकहरुलाई हस्तान्तरण गर्दै विदेशमा रहेर स्वदेशमा आउदा फुटवल खेलमा लागेका असाय वालकहरुलाई सहयोग गर्न पाउदा आफुलाई खुसि लागेको बताईन । यस अघि पनि सहयोग गर्दै आएकी नायिका गुरुङले आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने वचन दिईन ।

दाताहरुले दिएको सहयोगले गर्दा एकेडेमी हाल यो अबस्थामा आएको बताउदै क्लवका अध्यक्ष विरभद्र आचार्यले सहयोग गर्र्ने प्रति धन्यवाद दिएका छन । यसै बिच, अखिल नेपाल फुटवल संघका उपाध्यक्ष एवं धरान फुटवल क्लवका अध्यक्ष किशोर राई, नेपाल लोकतान्त्रीक खेलकुद संघका अध्यक्ष देवेन्द्र शेरचन लगायतको टोलीले सहारा एकेडेमीको निरिक्षण समेत गरेको बरिष्ठ उपाध्यक्ष केशव बहादुर थापाले बताए ।

एकेडेमी निरिक्षण पछि संघका उपाध्यक्ष राईले सहारा एकेडेमीलाई नमुना एकेडेमी मनाउन आफनो क्षेत्रबाट सहयोग गर्ने वचन दिए । त्यस्तै, पछिल्लो क्रममा सहारा क्लवका फुटवल प्रशिक्षक किरण श्रेष्ठले एकेडेमीको लागि ११ हजार १ सय ११ र दिल बहादुर माझीले १० हजार रुपैया सहयोग गरेका छन । एकेडेमीमा हाल १६ जिल्लाका २८ जना वालकहरु रहेका छन ।

कमेन्टहरु
Loading...