पोखरामा जारी भलिबलमा भेट्रान्स तर्फ अर्चलबोट र लामाचौर फाईनलमा

पोखरा, १९ भदौ/ पोखराको नदिपुरमा जारी दोस्रो संस्करणको क्लब स्तरीय भलिबल प्रतियोगितामा क्वाटरफाईनलका खेलहरु सम्पन्न भएका छन ।

कर्पाकेली समाजको प्राङ्गणमा पुरुष र महिला तर्फको क्वाटरफाईनल र भेट्रन्स तर्फ सेमिफाईनल खेल सम्पन्न भएका हुन ।

‘स्वास्थ्यका लागि खेदकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आज (बिहिबार) सम्पन्न महिला तर्फको क्वाटरफाईनल खेलबाट टिजी गर्ल, दोबा समाज, लालीगुँरास पुन समाज टिम ‘ए’ र ‘बी’ अन्तिम चारमा प्रबेश गर्याे ।

टिजी गर्लले अर्चलबोटलाई २५–१२, २३–२५ र २५–१२ को अङ्क नतिजा सहित पराजिद गर्दै सेमिफाईनलको यात्रा तय गर्याे । त्यस्तै न्यु ग्यालेक्सीको अनुपस्थितिमा द्वोहा समाज वाकओभर मार्फत बिजयी घोषित हुदै अन्तिम चारको स्थान सुरक्षित गर्याे ।

त्यस्तै लालीगुँरास पुन समाज टिम ‘बी’ ले २५–८ र २५–११ को सोझो सेटले सेञ्चुरी क्लब छोम्रोङलाई पराजित गर्दै दोबा समाजसँगको भेट पक्का गर्याे । अन्तिम क्वाटरफाईनल खेलमा दग्नाम समाजलाई लालीगुँरास पुन समाज टिम ‘ए’ ले २७–२५, २७–२५ को सोझो सेटमा हराउदै टिजी गर्लको निम्तो पायो ।

प्रतियोगिताको खेल संयोजक अनिल गुरुङका अनुसार पुरुष तथा महिला तर्फको सेमिफाईनले खेल शुक्रबार हुनेछ । यस अघि पुरुषतर्फको अन्तिम चारमा एपीएफ ‘ए’, पोखरा भलिबल प्रशिक्षण केन्द्र ‘ए’ गलकोट क्लब र एपीएफ ‘बी’ प्रबेश गरेको गरिसकेको गुरुङले बताए ।

उनका अनुसार भेट्रान्स तर्फ घान्दु्रकलाई हराउदै अर्चलबोट युनाईटेड र घारीपाटन भेट्रान्सलाई पराजित गर्दै लालीगुँरास पुन समाज लामाचौर फाईनलमा प्रबेश गरेको छ । उनले बिबिध सांस्कृतिक कार्यक्रम सहित भेट्रान्सको फाईनल शुक्रबार दिउसो ३ बजे हुने गुरुङले बताए ।

गुरुङले प्रतियोगिताकोे पुरुष तर्फको बिजेता टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु ६० हजार प्रदान गरिने बताए । त्यस्तै उपबिजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु ४० हजार प्राप्त गर्नेछ ।

त्यसैगरी महिला तर्फको बिजेता र उपबिजेता टिमलाई क्रमश शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु २० र १४ हजार प्रदान गरिने बताए ।

उनका अनुसार भेट्रान्स तर्फको बिजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु १५ हजार र उपबिजेता टिमले नगद रु १० हजार प्राप्त गर्नेछ । संयोजक गुरुङले प्रतियोगिताबाट उत्कृष्ट खेलाडी तथा बिद्यागत रुपमा पुरस्कृत गरिने समेत जानकारी दिए ।

कमेन्टहरु
Loading...