पोखरामा अन्तर लायन्स फुटबल प्रतियोगिता फागुन पहिलो साता

पोखरा, २८ माघ /फागुन २ देखी ४ गतेसम्म पोखरामा अन्तर लायन्स एट ए साईड फुटबल प्रतियोगिता हुने भएको छ । लायन्स क्लब अफ पोखरा डाउन टाउनको आयोजनामा लायन्स डिष्ट्रिक ३२५ वि १ अन्तर्गतका लायन्स क्लबहरुबीच दोस्रो संस्करणको फुटबल प्रतियोगिता हुन लागेको डाउन टाउनका अध्यक्ष भानुभक्त अधिकारीले जानकारी दिए ।

लायन्स क्लबका सदस्यहरुबीच आपसी भाइचारा, सद्भाव र मित्रता कायम गर्ने उद्धेश्यले आयोजना गरिएको प्रतियोगितामा यस वर्ष डिष्ट्रिक बाहेका क्लबहरुलाई पनि प्रतियोगितामा सहभागी गराउने प्रयास गरिएको उनले बताए ।

पोखरा महानगरपालिका–१ टुँडिखेलस्थित राष्ट्रिय माविको खेलमैदानमा हुने प्रतियोगिताको बिजेता टिमले रु. ५५ हजार ५५५, शिल्ड तथा प्रमाणपत्र र उपविजेताले रु. ३३ हजार ३३३ सहित शिल्ड र प्रमाण प्राप्त गर्ने प्रतियोगिता संयोजक सुशील पौडेलले बताए ।

सर्वाधिक गोलकर्ता, सर्वोत्कृष्ट खेलाडी, अनुसाशित टिम, प्रतियोगिताका ज्येष्ठ खेलाडी तथा हरेक खेलका म्यान अफ दी म्याचलाई पनि पुरस्कार प्रदान गरिने आयोजकको भनाई छ ।

प्रतियोगितामा करीब २० टिमको सहभागिता रहने अपेक्षा आयोजकको रहेको छ । प्रतियोगितालाई सम्पन्न गर्न पौडेलको संयोजकत्वमा विभिन्न ४४ वटा उपसमिति गठन गरि तयारी तीव्र पारिएको बताईन्छ ।

प्रतियोगिता सम्पन्न गर्न रु. ६ लाख २८ हजार  खर्च लाग्ने र बचत रकम सामाजिक काममा खर्च गरिने अर्थ संयोजक प्रमोद लामिछानेले बताए ।

कमेन्टहरु
Loading...