चौथो संस्करणको नदिपुर कप असोज १९ देखि

पोखरा, १ भदौ /चौथो संस्करणको नदिपुर कप २०७३ असोजको तेश्रो हप्ता हुने भएको छ । नदिपुर फुटवल क्लव नदीपुर ३ ले आयोजना गर्दै आएको नदिपुर कप अन्तर्गत चौथो संस्करणको नदिपुर कप आगामी असोज १९ देखि २२ गते सम्म नदिपुर स्थित नगर प्रशिक्षण केन्द्रको खेल मैदानमा हुने भएको छ ।

पुन युनाइटेड तथा सूर्योदय क्लवको विशेष सहयोगमा सम्पन्न हुने उक्त फुटवल प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार ५ सय ५५ ट्रफी, मेडल र प्रमाणपत्र, दोश्रो हुने टिमलाई २५ हजार ५ सय ५५ ट्रफी सहित मेडल र प्रमाणपत्र हात पार्ने क्लवका अध्यक्ष शिव पौडेलले जानकारी दिए ।

प्रतियोगितामा फेयर प्ले टिम, बेष्ट प्ले टिम, हाइ स्कोरर, बेष्ट गोल किपरलाई नगद सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष पौडेलले वताए । प्रतियोगितमा ३० टीमको सहभागीता रहने आयोजकले जनाएको छ ।

कमेन्टहरु
Loading...