कास्की जिल्ला स्क्वास तथा ¥याकेट्स संघ गठन

पोखरा, १ असौज /कास्कीमा स्क्वास खेलले गति लिने भएको छ । यो खेललाई विकास, विस्तार एवम प्रवद्र्धन गर्न स्क्वास खेलाडी तथा खेल प्रेमीहरुको पोखरामा शनिवार सम्पन्न एक भेलाले पुष्प राज श्रेष्ठको अध्यक्षतामा ११ सदस्यिय कास्की जिल्ला स्वाक्स र्याकेट्स संघ गठन गरेको छ ।

कार्य समितीको उपाध्यक्षमा हिराकाजी श्रेष्ठ र रविन्द्र बाटाजु, सचिवमा प्रविन पालिखे, कोषाध्यक्षमा अशोक कुमार रन्जित र सहसचिवमा सन्तोष कुमार घिमिरे रहेका छन । कार्यसमितीको सदस्यमा प्रकाश केसी, विकास शाक्य, रक्ष लामा, गौतम उदास र मनोहर श्रेष्ठ रहेका छन ।

कास्की जिल्ला स्क्वास तथा ¥याकेट्स  संघ गठन
कास्की जिल्ला स्क्वास तथा ¥याकेट्स संघ गठन

सो अवसरमा नव गठित कार्य समितीलाई वधाई दिंदै जिल्ला खेलकुद विकास समिती कास्कीका अध्यक्ष यम बहादुर गुरुᅨले खेलकुद विकासका लागि राजनिति गर्न नहुने वताए । उनले पदकको आशा गर्नु भन्दा पनि पुर्वाधार विकासमा वढी ध्यान दिनु आजको आवश्यक्ता रहको कुरा औल्याए । कार्यक्रममा नेपाल स्क्वास र्याक्ट्स संघका केन्द्रिय अध्यक्ष किशोर महर्जनले धेरै कठिन मोडमा नै यो खेलको विकास भएको धारणा राखे । पूर्वाधार विना यो खेलको विकास सम्भव नभएकोले यसका लागि कार्य अगाडी वढाउन सबैलाई आग्रह समेत गरे ।

सो अबसरमा कास्की जिल्ला स्वाक्स र्याकेट्स संघकी संरक्षक रजनी कोइरालाले आफ्नो स्वर्गिय श्रीमान राम प्रसाद कोइरालाले कास्कीमा यो खेलको विकास गर्नु पर्छ भनेर नै यो खेललाई भित्राएको बताइन । उनले पोखरा र यस क्षेत्रलाई पहिचान बनाउन यो खेलले सहयोग पुग्ने बताइन । कार्यक्रममा नेपाल स्क्वास र्याकेट्स संघका केन्द्रिय उपाध्यक्ष मनोज बाबु श्रेष्ठ, पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितीका कार्यालय प्रमुख लक्ष्मण योगी, जिल्ला खेलकुद विकास समितीका कार्यालय प्रमुख प्रकाश बराल लगाएतले स्क्वास खेलको विकासका बारेमा बोलेका थिए ।

पोखरामा १५ वर्ष अघि स्क्वास खेल भित्रायाउने स्व. राम प्रसाद कोइरालाले पोखरा उपमहानगर पालिका वडा नं ४ स्थित आफ्नै घरमा कोर्टको निर्माण गरेका हुन । यति बेला कास्कीमा २५ भन्दा वढी स्क्वास खेलाडी रहेको सहसचिव सन्तोष घिमिरेले जानकारी दिए । कास्की जिल्ला खेलकुदमा विकास समितीमा दर्ता भएको संघहरुमा यो ८१ औं संघ हो ।

कमेन्टहरु
Loading...