कोकाकोला कप प्रि क्वाटरमा

पोखरा, २५ जेठ /कास्की जिल्ला फुटवल संघको आयोजनामा पोखरामा जारी कोकाकोला कप अन्तर विद्यालय फुटवल प्रतियोगितामा छात्रतर्फको प्रि क्वाटरफाइलनका खेल जारी छ ।

प्रतियोगिता अन्र्तगत मंगलबार पोखरा रंगशालामा भएको खेलहरुमा शान्ति निकुञ्जले लेखनाथ मेमोरियललाई २–१ ले, श्रृजनाले ज्ञानुबाबालाई २–० ले, धौलागिरीले गण्डकि बोर्डिङ्ग स्कुललाई १–० ले, पोखरा एकेडेमिले श्रीकृष्णलाई ३–० ले तथा अक्सफोर्डले नेपाल आदर्शलाई २–० ले पराजित गरेको छ ।

उता शसस्त्र प्रहरी बलको कालिकागण खेल मैदानमा भएको खेलमा अमरसिंह उमाविले नोभेललाई २–१ ले वेलनोनले न्यू इरालाई सडन डेथमा, कालिकाले शान्तिदिपलाई सडनडेथमै तथा न्यू मिलेनियमले टप्सलाई टाई ब्रेकरमा पराजित ग¥यो । अर्को खेलमा राष्ट्रिय उमाविले सान फ्रान्ससिस्कोलाई ६–१ गोलले पराजित गर्दै अघि बढेको छ । बुधबारदेखि छात्रातर्फको खेल पनि शुरु हुने आयोजक संघले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...