कोकाकोला कपमा छात्रतर्फ सैनिक आवासिय र छात्रातर्फ गण्डकी बोर्डिङ्ग च्याम्पियन

पोखरा, ३० जेठ/अन्तर विद्यालय स्तरिय कोकाकोला कप फुटबल प्रतियोगिता अन्तर्गत यसपटकको संस्करणमा कास्कीबाट छात्रतर्फ सैनिक आवासिय विद्यालय तथा छात्रातर्फ गण्डकी बोर्डिङ्ग स्कुल विजयी भएका छन् ।

आइतबार पोखरा रंगशालामा सम्पन्न फाइनल खेलमा सैनिक आवासियले कालिका उच्च माविलाई ४–० गोले पराजित ग¥यो भने भने गण्डकी बोर्डिङ्ग स्कुलले टप्स उच्च माविलाई ३–० गोलले पराजित गर्दै कास्की च्याम्पियन बनेका हुन् । प्रतियोगिताको छात्र फाइनल खेलमा सैनिकको तर्फबाट समिर कार्की र प्रविण चौधरीले दुई दुई गोल गरेका थिए भने गण्डकीको तर्फबाट स्मृती गुरुङ्गले दुई र आकृती गुरुङ्गले एक गोल गरेका थिए ।

यो संगै छात्रतर्फ प्रथम भएको सैनिक र द्धितिय स्थान हाँसिल गरेको कालिका उमावि क्षेत्रिय प्रतियोगिताका लागि छनौट भएका छन् भने छात्रातर्फको च्याम्पियन गण्डकि बोर्डिङ्ग स्कुल राजधानीमा हुने अन्तिम प्रतिस्पर्धाका लागि छानिएको छ । जेष्ठ २० देखि सञ्चालित प्रतियोगितामा छात्रतर्फ ९० तथा छात्रातर्पm १४ विद्यालयले भाग लिएका थिए ।
प्रतियोगिताका विजयी टिम तथा खेलाडीहरुलाई समापन समारोहका प्रमुख अतिथि कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यामबहादुर गुरुङ्गले ट्रफि प्रदान गरे ।

कोकाकोला कपमा छात्रतर्फ सैनिक आवासिय र छात्रातर्फ गण्डकी बोर्डिङ्ग च्याम्पियन
कोकाकोला कपमा छात्रतर्फ सैनिक आवासिय र छात्रातर्फ गण्डकी बोर्डिङ्ग च्याम्पियन

त्यसैगरि विशेष अतिथि पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण प्रसाद योगी, प्रतियोगिता संयोजक तथा आयोजक संघका उपाध्यक्ष कुमार गुरुङ्ग, उपाध्यक्ष मिलन गुरुङ्ग, प्रतियोगिता सह–संयोजक आइन्दल गुरुङ्ग, गण्डकी बोर्डिङ्ग स्कुलका प्राचार्य रबी बराल, नेपाल खेलकुद पत्रकार मञ्च कास्कीका पूर्वाध्यक्ष विनोद लामिछाने, आयोजक संघका सल्लाहकार मदन केसी, सहारा क्लवका पूर्वाध्यक्ष विक्रम थकाली लगाएतले मेडल तथा प्रमाण–पत्र वितरण गरेका थिए ।

समारोहमा प्रतियोगिता सफल पार्न सहयोग गर्ने शसस्त्र प्रहरी बलको कालिका गण, मेरि प्रजनन् स्वास्थ्य केन्द्र, वडा प्रहरी कार्यालय, रामबजारलाई मायाको चिनो प्रदान गरिएको थियो । यसैगरि कास्की सराङ्कोट घर भई हाल अमेरिकाको बाल्टिमोरमा बसोबास गर्दै आएका नारायणबहादुर थापालाई कास्की जिल्ला फुटवल संघको सद्भावना दूतमा मनोनयन गर्दै सम्मान गरिएको छ । थापालाई संघ कास्की अध्यक्ष धरमबहादुर लामिछानेले एन्फा कास्कीको झण्डा दिएका थिए । त्यसैगरि कास्कीका पुराना खेलाडी मालेपाटनका कुशल थापालाई पनि सम्मान गरियो ।

मालेपाटनको सूर्योदय युवा क्लवबाट फुटवल खेल्ने थापाले २०५३ सालमा एकै खेलमा ९ गोल गर्दै ट्रिपल ह्याट्रिक गरेको संस्मरण गरिएको थियो । हङकङबाट दिपक गुरुङ्गले ल्याएको फुटबल फाइनल खेलमा प्रयोग गरियो । अबदेखि कास्की जिल्ला फुटबल संघका आउँदा सबैखाले प्रतियोगिताका लागि गुरुङ्गले फुटबल सौजन्य गर्ने संघ कास्कीका उपाध्यक्ष मिलन गुरुङ्गले बताए ।

कमेन्टहरु
Loading...