क्यारेलिबन लिगका लागि सन्दीप लामिछानेलाई ७८ लाखको बोली

पोखरा, ८ जेठ / नेपाली युवा स्पीनर सन्दीप लामिछानेले क्यारेवियन प्रिमियर लिग बार्बेडर्स टाइडन्सबाट खेल्ने पक्का भएको छ ।

बुधबार भएको ड्राफ्टमा उनलाई ७८ लाखमा क्लबले बोली लगाएको हो । गत सिजन उनले सेन्ट किट्स एण्ड नभिस पेट्रियर्सबाट खेलेका थिए ।

५ खेल खेलेका उनले ७ विकेट लिएका थिए । त्यसबेला उनको मूल्य मात्र ५ हजार डलर रहेको थियो ।

यो पटक उनको मूल्य पनि बढेको छ । उनले ७० हजार डलर अर्थात ७८ लाख रूपैयाँ पाउने भएका छन् ।

कमेन्टहरु
Loading...