भदौ दश देखि पोखरामा विद्यालयस्तरी व्याडमिन्टन प्रतियोगिता

पोखरा भदौ ९/पोखरा रंगशालास्थित व्याडमिन्टन कर्भड हलमा १५ औं जिल्लास्तरीय अन्तर मावि इन्द्रबहादुर गुरुङ स्मृति व्याडमिन्टन प्रतियोगिता शुरु हुदैं छ । विद्यालयस्तरदेखि नै व्याडमिन्टन खेलको विकास र विस्तार गर्ने लक्ष्य र उद्देश्यसहित कास्की जिल्ला व्याडमिन्टन संघले वर्षेनी विभिन्न ६ वटा इभेण्टमा प्रतिस्पर्धा गराउँदै आएको छ ।

प्रतियोगितामा विभिन्न विद्यालयका छ वटा इभेण्टमा चारसय खेलाडीको सहभागिता रहने विश्वास कास्की जिल्ला व्याडमिन्टन संघले गरेको छ ।  संघका सहसचिव एवं प्रचारप्रसार संयोजक दुर्गाप्रसाद जोजिजूका अनुसार छात्र एकल र छात्रा एकल(दश कक्षासम्म), छात्र युगल र छात्रा युगल(दशकक्षासम्म) र यु १२ छात्र÷छात्रा एकलमा प्रतिस्पर्धा गराईने छ । छात्र एकल र छात्रा एकलका विजेता र उत्कृष्ट उदयमान खेलाडी १ जना समेत गरी तीनजनालाई १÷१ थान स्पोर्टस साईकल पुरस्कार प्रदान गरिने छ ।

प्रतियोगिता १० गतेदेखि १२ गतेसम्म सञ्चालन हुने छ । प्रतियोगिताको लागि संघका सदस्य मनोजकुमार श्रेष्ठको संयोजकत्वमा ७५ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । साउण्ड सिष्टम उपसमितिमा बलभद्र नकर्मी, आर्थिक व्यवस्थापनमा इन्द्रबहादुर गुरुङ, स्वास्थ्य उपचारमा विष्णु चापागाई, पुरस्कार व्यवस्थापनमा प्रतिभा गुरुङ, प्रविधिक कमिटिमा सुरेशबहादुर श्रेष्ठ, नि.अध्यक्ष खेम गुरुङलाई अतिथि सत्कारको संयोजक बनाईएको छ । यसैगरी जलपान संयोजकमा पुनम गुरुङ, खेल सञ्चालन समितिमा नरबहादुर गुरुङ, व्यानर व्यवस्थापनमा क्य. भुपालसिंह गुरुङ, कार्यालय व्यवस्थापनमा निरबहादुर थापाको संयोजकत्वमा उपसमिति गठन गरिएको छ । प्रतियोगिताको लागि दुईलाख ९५ हजार खर्च हुने अनुमान गरिएको छ ।

कमेन्टहरु
Loading...