राष्ट्रिय महिला भलिवल खेलाडी अरुणा शाही हङकङ प्रस्थान

काठमाण्डौ, वैशाख/राष्ट्रिय महिला भलिवल खेलाडी अरुणा शाही हङकङ प्रस्थान गरेकी छिन । स्याङजा जनसेवा समिति हङकङको आयोजनामा हङकङमा आयोजना हुन लागेको ९ औ स्याङजा कप २०१६ मा सहभागी हुन शाही बिहीबार हङकङ प्रस्थान गरेकी हुन ।

राष्ट्रिय महिला भलिवल खेलाडी अरुणा शाही हङकङ प्रस्थान
राष्ट्रिय महिला भलिवल खेलाडी अरुणा शाही हङकङ प्रस्थान

शाहीलाई नेपाल भलिवल संघका महासचिव जितेन्द्र वहादुर चन्द, नेपाल भलिवल संघका राष्ट्रिय प्रशिक्षक जगदिश भट्ट र पश्चिमाञ्चल क्षेत्रिय भलिवल संघका अध्यक्ष छ्याम बहादुर थापाले त्रिभुवन बिमानस्थलमा बिदाइ गरेका थिए । उक्त अवसरमा वोल्दै पश्चिमाञ्चल भलिवल संघका अध्यक्ष छ्याम बहादुर थापाले पश्चिमाञ्चल बाट प्रतिनिधित्व गर्ने राष्ट्रिय खेलाडी अरुणा शाहीले आगामी मे १ तारिकको दिन आयोजना हुने महिला भलिवल प्रतियोगितामा प्रतिनिधीत्व गर्ने वताए ।

यसरी खेलाडीहरुले विदेशी टिम संग सहकार्य गरेर नेपालको महिला भलिवलको बारेमा जानकार दिन सक्ने भएकाले अन्य खेलाडीहरुलाई पनि यस्तो अवसर प्रदान गर्नुपर्ने थापाको भनाइ रहेको थियो । सो अवसरमा वोल्दै खेलाडी शाहीले हङकङमा हुने खेलमा नेपालको महिला भलिवलको प्रतिनिधीत्व गर्न पाउदा खुसी लागेको वताउदै प्रतियोगितामा आफुले अहिले सम्मको उपलब्धिलाई उजागर गर्ने गरी खेल प्रस्तुत गर्ने वताइन । शाही एक साता हङकङमा रहने छिन ।

कमेन्टहरु
Loading...