हिमालयन शेर्पालाई हराउदै आर्मी आहा रारा गोल्डकपको सेमिफाईनलमा

पोखरा, १२ फागुन/दोस्रो हाफमा कमब्याक गर्दै त्रिभुवन आर्मीले १७ औं सस्करणको आहा रारा गोल्डकपको सेमिफाईनल प्रबेश गरेको छ । आर्मीले हिमालयन शेर्पालाई ३–१ गोलले हराउदै सेमिफाइनमा प्रबेश गरेको हो । पहिलो हाफमा एक गोलले पछि परेको आर्मीले दोस्रो हाफमा पाएको फ्रिकिकलाई सदुपयोग गर्दै आर्मीले एकाएक खेलमा फर्किएको थियो ।

नवयुग श्रेष्ठले गोलगरेपछि आर्मीले खेलमा पुनरागमन गर्यो । खेलको २७ औं मिनेटमा हिमालयन शेर्पाले अग्रता लिदैं आर्मीमाथि दबाव सृजना गरेको थियो । त्रिदेव गुरुङले मिलाईदिएको पासलाई अफ्रिकन खेलाडी प्याट्रिक गोहाले हानेको प्रहारले जाली चुम्दै गोल भएको थियो ।

आर्मीलाई खेलमा फर्किन ७१ मिनेटको समय लाग्यो । सन्तोष तामाङले मिलाईदिएको फ्रिकिक पासलाई नवयुग श्रेष्ठल हेडिङ गर्दै बलले जाली चुमेपछि आर्मीले बराबरी गरेको थियो । खेलमा फर्किएको आर्मीले दोस्रो गोल भने ७९ औं मिनेट ग¥यो । नवयुग श्रेष्ठले नै व्यक्तिगत दोस्रो गोल गरे ।

आर्मीले तेस्रो गोले भने अतिरिक्त समयमा हान्यो । भरत खवासले हानेको सटलाई शेर्पाका गोलकिपर किशोर गिरीले डाईभ सेभ गर्ने क्रममा हातबाट रिफ्लेक्ट बललाई जर्ज प्रिन्स कार्कीले गोलमा परिणत गरेका थिए ।

दुई गोल गरेका नवयुग खेलमा म्यान अफ दि म्याच घोषित हुदैं नगद ५ हजार पुरस्कार जिते । आहा रारा गोल्डकप प्रतियोगिताको सोमबार सिक्किम युनाईटेड भारत र रुस्लान थ्रीस्टारसँग प्रतिस्पर्धा हुने छ ।

कमेन्टहरु
Loading...