पोखरामा आठौ क्षेत्रीय राष्ट्रपति रनिङग शिल्ड खेलकुद प्रतियोगिता सुरु

सागर राज तिमिल्सिना
पोखरा १६ जेठ /पोखरामा आठौ क्षेत्रीय राष्ट्रपति रनिङग शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले उद्घाटन गरे । उद्घाटन खेलमा १५ सय मिटर छात्रा दौडमा रुपन्देहीको दुर्गा गौडेल प्रथम भएकी छन् ।

त्यसै गरि नवलपरासीकी गुडीया गुप्ता दोस्रो र स्याङजाकी भगवती खरालले तेस्रो स्थान हात पारीन् । विजयी खेलाडीलाई नेपालले मेडल तथा प्रमाणपत्र प्रदान गरे ।

पोखरामा आठौ क्षेत्रीय राष्ट्रपति रनिङग शिल्ड खेलकुद प्रतियोगिता सुरु
पोखरामा आठौ क्षेत्रीय राष्ट्रपति रनिङग शिल्ड खेलकुद प्रतियोगिता सुरु

सोमबार सम्म संचालन हुने प्रतियोगितामा छात्र÷छात्रा भलिबल, एथलेटिक्स, कबडडी, फुटबल उसु, कराँते, तेक्वान्दो र छात्र क्रिकेटमा १६ जिल्लाका १४ सय २२ खेलाडी र १ सय ३५ अफिसियल गरि १५ सय सहभागीता रहने क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले जानकारी दिए ।

प्रतियोगिताको विजेताले नगद २० हजार ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने उपविजेताले नगद १५ हजार, तृतियले नगद १० हजार र ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त छन् । प्रतियोगितामा विधागत खेलमा प्रथम, द्धितिय र तृतिय हुने जिल्लाहरुलाई ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । एथलेटिक्स, भलिबल, कबड्डी खेलमा प्राप्त स्थानका आधारमा प्रदान गरिने अंक अनुसार कुल अकंमा सवैभन्दा बढि ल्याउन सफल जिल्लालाई राष्ट्रपति रनिङग शिल्ड प्रदान गरिने आयोजकले जनाएको छ ।

आठ खेलमा ३ सय ५४ पदकका लागी खेलाडीहरुले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा विजेता खेलाडीले जेठ १९ देखि २१ गतेसम्म काठमाडौमा हुने केन्द्रीय राष्ट्रपति रनिङग शिल्डमा सहभागीता जनाउन पाउने छन् ।

कमेन्टहरु
Loading...