तेस्रो अभियान पुरुष भलिबलको उपाधि शसस्त्र प्रहरीलाई

पोखरा, १८ जेठ/तेस्रो अभियान पुरुष भलिबल प्रतियोगिताको उपाधि शसस्त्र प्रहरी बल एले रक्षा गरेको छ । अभियान युवा क्लब मालेपाटनको आयोजनमा पोखरा महानगरपालिका–५ मालेपाटनस्थित भलिबल कोर्टमा आयोजित फाईनलमा शसस्त्र प्रहरीले पन्चासे आदर्श क्लबलाई सोझो सेटमा पराजित गर्दै उपाधि रक्षा गरेको हो । शनिबार भएको फाईनलमा २५–२१, २६–२४ र २५–१२ को सेटले टपराजित गरेको हो ।

पन्चासे आर्दश युथ क्लबले मालेपाटन युनाईटेडलाई पराजित गर्दै फाईनल यात्रा तय गरेको थियो । यसैगरी शसस्त्र प्रहरी बलले भने साईनिङस्टर युथ क्लबलाई पराजित गरेर अन्तिम दुई पुगेको थियो । पन्चासेले मालेपाटन युनाईटेडलाई २६–२४, २५–२२, १९–२५ र २५–१८ को सेटमा पराजित गर्दै फाईनल प्रवेश गरेको थियो । त्यस्तै शसस्त्र प्रहरी बलले साईनिङ स्टारलाई २५–२), २५–२० र २५–२० कै समान अंकको सेटमा पराजित गरेको थियो । सेमिफाईनल र फाईनल शनिबारै खेलाईएको थियो ।

प्रतियोगितामा उत्कृष्ठ खेलाडीको पुरस्कार शसस्त्र प्रहरी बलका नुर थापा घोषित हुदैं ट्रफी प्राप्त गरे । त्यसैगरी बेष्ट सेटरमा पन्चासेका प्रवीण गुरुङ, बेष्ट डिफेण्डरमा शसस्त्र प्रहरी बलका मदन गुरुङ, बेष्ट स्पाईकरमा शसस्त्र प्रहरी बलका भोजराज बि.सी, बेष्ट ब्लकरमाा पन्चासेका विशाल गुरुङ, बेष्ट सर्भरमा शसस्त्र प्रहरी बलका सन्तोष खत्री तथा अनुशासित टोलीको पुरस्कार भने पोखरा टप्स क्लबले प्राप्त गरेको अभियान युवा क्लबका सचिव एवं प्रचार प्रसार संयोजक राजु गिरीले जानकारी दिए ।

विजेता क्लबले नगद ५० हजार रुपैयाँ तथा उपविजेताले ३० हजार रुपैयाँ नगदराशी सहित ट्रफी प्राप्त गरेक् । विजेता तथा उपविजेता क्लबका खेलाडीहरुलाई मेट्रोसिटी अस्पतालका अध्यक्ष डा. भरतबहादुर खत्री तथा त्रिनिटी एजुकेशन फाउण्डेशनका निर्देशक डि.बी गुरुङ, अभियान युवा क्लबका अध्यक्ष मोहनबहादुर केसी लगाएतले ट्रफी पदक तथा प्रमाणपत्र प्रदान गरेका थिए । प्रतियोगितामा १४ टोलीले सहभागिता जनाएका थिए ।

अभियान युवा क्लबले पोखरा मालेपाटन खेल मैदानमा राष्ट्रिय खेलकुद परिषदले उपलब्ध गराएको १५ लाख बजेटबाट कोर्ट निर्माण गरी विगत तीन वर्षदेखि क्लबस्तरीय पुरुष भलिबल प्रतियोगितालाई निरन्तरता दिदैं आएको छ । परिषदले खेल मैदान संरक्षण गर्न चार वर्ष अघि ४५ लाख रुपैयाँ बजेट विनियोजन गर्दै तारजाली लगाई संरक्षण गरिएको छ । भलिबल कोर्टसँगै मैदान हकी खेलको पुर्वाधार विकास गर्न निकै उपयुक्त देखिने खेलकुदकर्मीहरुले औंल्याएका छन् ।

कमेन्टहरु
Loading...