दोश्रो एलजी कप सेभेन ए साइड फुटबल प्रतियोगिता चैत २३ देखि

पोखरा, २० चैत /पोखरेली युबाहरुको संस्था लालिगुरास (एलजी) एशोसियन नेपालको आयोजनामा “दोश्रो एलजी कप सेभेन ए साइड फुटबल प्रतियोगिता २०७४” चैत २३ गते बाट पोखराको अम्मर सिंहको खेल मैदानमा सुरु हुने भएको छ ।

बैशाख १ गते सम्म संचालन हुने प्रतियोगितामा करिब ५० टिमको सहभागिता रहने प्रतियोगिताका संयोजक एवम संस्थाका कोषाध्यक्ष सुमन गुरुङले जानकारी गराएका छन । संयोजक गुरुङका अनुसार प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख ५० हजार, दोश्रोले ८० , तेश्रोले २० र चौथोले १० हजारका साथमा कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने कोषाध्यक्ष गुरुङले जानकारी दिए ।

यसैगरि प्रतियोगितामा वेष्ट प्लेयर र हाइएष्ट स्कोरर क्रमश नगद ८ हजारका साथमा ट्रफी पाउने छन भने वेष्ट डिफेन्डर, वेष्ट किपर, वेष्ट मिड फिल्डर र वेष्ट स्ट्राइकरले क्रमश नगद ४ हजारका साथमा ट्रफी र अनुशासित एक टिमलाई ट्रफी प्रदान गरिने छ । प्रतियोगिता सम्पन्न गर्न करिब १० लाख खर्च लाग्ने क्लबका अध्यक्ष डम्बर जङ्ग गुरुङले बताए ।

प्रतियोगितालाई मुख्य प्रायोजकका रुपमा हिमा अस एजुकेशन कन्सलटेन्सीले सहयोग गर्ने भएको छ । हिमा असले मुख्य प्रायोजन गर्न तिन वर्षका लागि क्लब संग सम्झौता गरेको अध्यक्ष गुरुङले बताए । यसैगरि आयोजक टिमका लागि श्री शिखर मल्टिप्रपोजले दुइ वर्ष सम्मका लागि जर्शी उपलव्ध गराउने भएको छ ।

क्लबले खेलकुद कृयाकलाप बाहेक अन्य सामाजिक कृयकलापमा पनि उत्तिकै सकृयता पूर्वक काम गरिरहेको र युवाहरुलाई समाज सेवामा उन्मुख गराएको क्लवका अध्यक्ष गुरुङले बताए । हाल युके, हङ्गकङ्ग, अष्ट्रेलिया, मकाउ र जापानमा समेत क्लबका शाखाहरु स्थापना भइसकेको गुरुङले जानकारी दिए ।

कमेन्टहरु
Loading...