नेपालमा हुने १३ औ सागका लागि ५ अर्व २६ करोड बजेट आवश्यक

काठमाडौं, २ असार /१३ औं साग बजेट निर्माण कार्यदलले १३ औं सागका लागि विविध बिषयमा अनुमानित ५ अर्ब २६ करोड बजेट लाग्ने प्रस्तुत गरेको छ ।

बजेट निर्माण कार्यदलका संयोजक तथा १३ औं दक्षिण एशियाली खेलकुद तयारी तथा ब्यवस्थापन समितिका सदस्य राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिम्सिनाले आईतबार युवा तथा खेलकुद मन्त्रालयमा एक कार्यक्रम विच युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (बिश्वकर्मा) समक्ष प्रस्तुत गर्नुका साथै बजेटको समष्टिगत रुपको पुस्तक मन्त्रिलाई प्रदान गरेका थिए ।

कार्यदलले प्रस्तुत गरेको बजेटमा राष्ट्रिय टिम तयारी तर्फ ८८ करोड, १२ लाख, ६८ हजार १५०, खेलस्थल ब्यवस्थापन तर्फ ३ करोड ११ लाख, प्राविधिक तर्फ ३० करोड, ४० लाख, ६९ हजार, ९ सय, श्रोत साधन परिचालन तर्फ २० लाख, सुरक्षा तर्फ ५० करोड, २६ लाख १ हजार ८४०, आवस ब्यवस्थापन तर्फ ४५ करोड ५२ लाख ८६ हजार, यातायात ब्यवस्थापन तर्फ १५ करोड ७१ लाख ४ हजार, स्वास्थ्य तर्फ ३ करोड, ४३ लाख ५२ हजार, प्रचार प्रसार तथा प्रकाशन तर्फ ८ करोड ९५ लाख ८ हजार ५ सय, समारोह ब्यवस्थापन तर्फ ७१ करोड ४६ लाख ८२ हजार

९१.२०, स्वयंसेवक परिचालन तर्फ २ करोड, २ लाख ९७ हजार, अतिथी सत्कार तर्फ १ करोड २९ लाख ५ हजार, खेल सामाग्री, उपकरण तथा पोशाक ब्यवस्थापन सचिवालय तर्फ १ अर्व २९ करोड ९१ लाख ५ हजार ८९.५३ रुपैया, एन्टि डोपिङ्ग तर्फ ३ करोड ५४ लाख ६१ हजार, आयोजक समिति तर्फ २७ करोड, ९९ लाख २७ हजार १ सय, आईटि ब्यवस्थापनका लागि १९ करोड ६० लाख ७५ हजार तथा विविधमा २५ करोड रहेको छ ।

उक्त बजेट पुस्तक ग्रहण गर्दै मन्त्रि सुनारले १३ औं दक्षिण एशियाली खेलकुद राष्ट्रको ईज्जत, प्रतिष्ठा संग जोडिएको भन्दै सवै पक्षबाट यसलाई सफलतापूर्वक सम्पन्न गर्न अपिल गरे । उनले प्रतियोगिता सम्पन्न गर्न बजेटको निकैनै महत्वपूर्ण स्थान रहेको भन्दै त्यसै क्रममा १३ औं दक्षिण एशियाली खेलकुद तयारी तथा ब्यवस्थापन समितिको मिति २०७६/०१/२६ गते बसेको बैठकले समितिका सदस्य एवं राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिम्सिनाको संयोजकत्वमा विभिन्न बिज्ञहरु रहेको बजेट निर्माण कार्यदल गठन गरिएकोमा उक्त कार्यदलले समयमानै आफ्नो कार्य सम्पन्न गरेको भन्दै कार्यदलका सम्पूर्ण सदस्यहरुलाई धन्यवाद प्रदान गरे ।

बजेट विभिन्न क्षेत्रका दक्ष तथा बिज्ञहरुसंग छलफल गरि निर्माण गरिएको उपाध्यक्ष तथा बजेट निर्माण कार्यदलका संयोजक तिम्सिनाले बताए । संयोजक तिम्सिनाले बजेट निर्माण गर्न प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग पु¥याउनु हुने सवैलाई धन्यवाद समेत प्रदान गरे ।

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्ट, मन्त्रालयका सचिव कुष्णप्रसाद देवकोटाको पनि उपस्थिती रहेको थियो ।

कमेन्टहरु
Loading...