रियल मड्रिडले जित्यो क्लब विश्वकपको उपाधि : रच्यो इतिहास !

काठमाडौं, पुस ८
स्पेनिस महारथि रियल मड्रिडले लगातार तेस्रो वर्ष फिफा क्लब विश्वकपको उपाधि जितेको छ । शनिबार राति दुबईमा भएको फाइनल भिडन्तमा उसले दुबईको क्लब अल आइनलाई ४–१ ले हराउँदै लगातार तेस्रो वर्ष उपाधि पोल्टामा पारेको हो ।

दुबईको जिएसजी रंगशालामा भएको फाइनल खेलमा रियललाई प्रभावशाली जित दिलाउन ४ जना फरक–फरक खेलाडीले गोल गरे । रियलले पहिलो हाफमा १ गोल गरेको थियो भने २ गोल दोस्रो हाफमा २ हानेको थियो । उसले दोस्रो हापमmा १ गोल उपहार पायो भने १ गोल खायो ।

रियलका लागि खेलको १४औं मिनेटमा लुका मोड्रिकले डि–एरियाभन्दा बाहिरबाट लङ सर्टमा गोल आकर्षक गोल गरेका थिए । उनकै गोलको मदतमा रियल पहिलो हाफमा १–० ले अगाडि रह्यो ।

त्यसपछि दोस्रो हाफमा रियलका लागि ६०औं मिनेटमा मार्कोस लोरेन्टोले लामो दुरीबाट भली प्रहारमा दर्शनीय गोल गरे । त्यसपछि खेलको ७८औं मिनेटमा कप्तान सर्जियो रामोसले हेडिङ गोल गरेपछि रियल ३–० ले अगाडि रह्यो ।

त्यसपछि खेलको ८६औं मिनेटमा अल आइनका लागि टुस्कासा सिओतानीले गोल गर्दै गोलअन्तर ४–१ मा झारे । तर, ९० मिनेटपछि थपिएको समयमा अल आइनका याहैया नदेरले आफ्नै पोस्टमा गोल गरेपछि खेल रियलले ४–१ ले जित्यो ।

यससँगै रियलले यस उपाधिमा कीर्तिमानसमेत बनाएको छ । उसले लगातार तीन वर्ष यो उपाधि जितेर इतिहास रचेको हो । हालसम्म यो उपाधि कुनै पनि टिमले लगातार तीन वर्ष जित्न सकेका थिएनन् । सँगै, रियल अब यो उपाधि सर्वाधिक धेरै ४ पटक जित्ने टोलीसमेत बनेको छ ।

रियल यस प्रतियोगितामा युरोपियन च्याम्पियन्स लिगको च्याम्पिय टोलीको हैसियतमा सहभागी थियो भने अल आइन आयोजक देशको शीर्ष क्लबका हैसियतमा सहभागी थियो । रियलले सोझै सेमिफाइनलबाट प्रतिस्पर्धा गरेको थियो ।

रियल सेमिफाइनलमा जापानी क्लब कासिमा एन्टलर्सलाई हराएर फाइनल पुगेको थियो भने अल आइन अर्जेन्टिनी क्लब रिभर प्लेटलाई पेनाल्टीमा हराएर फाइनल पुगेको थियो ।

रियल यसअघि सन् २०१६ र २०१७ मा लगातार २ वर्ष क्लब विश्वकपको उपाधि जितेको थियो । घरेलु लिग ला लिगामा भने संघर्ष गरिरहेको रियलले यो उपाधि जितेर २०१८ लाई सुखद् बिदाइ गर्ने भएको छ ।

कमेन्टहरु
Loading...