म्यानचेस्टर युनाइटेडद्वारा जोसे मोउरिन्हो बर्खास्त

एजेन्सी, पुस २
इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले आफ्ना प्रमुख प्रशिक्षक जोसे मोउरिन्होलाई पदबाट हटाएको छ । क्लब युनाइटेडले आज एक विज्ञप्ति जारी गर्दै प्रमुख प्रशिक्षकलाई पदबाट हटाएको जनाएको छ ।

चालु सिजनमा घरेलु लिग र अन्य प्रतियोगितामा समेत टोलीले राम्रो नतिजा निकाल्न नसकेपछि क्लबले उनलाई पदबाट टहटाउने निर्णयक गरेको हो । मोउरिन्होको टोली पछिल्लोपटक लिभरपुलसँग अवे मैदानमा ३–१ ले हारेको थियो ।

पोर्चुगिज प्रशिक्षक मोउरिन्हो ओल्ड ट्राफोर्डमा तेस्रो सिजन बिताउँदै गर्दा बर्खास्तीमा परेका हुन् । उनी यसअघि चेल्सी र स्पेनिस रियल मड्रिडमा छँदा पनि तेस्रो सिजनमै बर्खास्तीमा परेका थिए ।

यसअघि मोउरिन्होलाई चेल्सीले सन् २०१५ को डिसेम्बर १७ मा बर्खास्त गरेको थियो । त्यसपछि मोउरिन्हो युनाइटेडमा नियुक्त भएका थिए । तर, युनाइटेडमा छँदा पनि उनको कार्यकाल सन्तोषजनक रहेन । र, जारी सिजनको लगातारको खराब नतिजापछि उनलाई क्लबले हटाउने निर्णय गरेको हो ।

युनाइटेड यतिबेला घरेलु लिग प्रिमियर लिगमा १७ खेलपछि मात्रै २६ अंक लिएर छैटौं स्थानमा छ । ऊ शीर्ष टोली लिभरपुलभन्दा १९ अंकले पछि छ ।

युनाइटेडले प्रिमियर लिगका पछिल्ला ६ खेलमध्ये मात्रै १ खेल जितेको छ । त्यसबीचमा म्यानचेस्टर सिटी र लिभरपुल दुवैसँग हारेको छ । युनाइटेडले लिगका पछिल्ला घरेलु खेलमध्ये एक खेल मात्रै जितेर २ मा बराबरीमा रोकिएको थियो । यता, युनाइटेड युरोपियन च्याम्पियन्स लिगमा भने अन्तिम १६ मा प्रवेश गरेको छ ।

अब युनाइटेडको नयाँ प्रशिक्षकमा रियल मड्रिडका पूर्वप्रशिक्षक जिनेदिन जिदान नियुक्त हुन सक्ने चर्चा छ ।

कमेन्टहरु
Loading...