प्रिमियर लिगमा आज लिभरपुल र युनाइटेडको भिडन्त : आर्सनल र चेल्सी पनि खेल्दै

काठमाडौं, पुस १
इंग्ल्यान्डको घरेलु लिग प्रिमियर फुटबलमा आज तीन महत्त्वपूर्ण खेलहरू हुँदैछन् । आज हुने सबै खेलमा लिगका उपाधि दाबेदार टोलीहरू खेल्दैछन् ।

त्यसमा पनि आज धेरैको ध्यान भने लिभरपुल र म्यानचेस्टर युनाइटेडको खेलमाथि हुनेछ । किनभने, यी दुई टोली लिगका बलिया टोली हुन् । र, दुवै उपाधि दौडमा छन् ।

आज लिभरपुलले यो सिजन लयमा नरहेको गत वर्षको उपविजेता टोली युनाइटेडलाई आफ्नो घरेलु मैदान एनफिल्डमा स्वागत गर्दैछ । लिभरपुल आजको खेल जितेर ३ अंक जोड्न मात्रै चाहँदैन, ऊ साबिक विजेता म्यानचेस्टर सिटीलाई पछि पारेर लिगको शीर्ष स्थान खोस्न पनि चाहन्छ ।

यदि आजको खेलमा लिभरपुल विजयी भए उसले समान १७ खेलबाट सिटीलाई १ अंकले पछि पारेर उसको शीर्ष स्थान खोस्ने छ । यता, युनाइटेडले खेलमा बाजी मारेको अवस्थामा भने युनाइटेडले अंक तालिकामा पोजिसन नसुधारे पनि अंक भने बढाउने छ ।

पछिल्लो समय लिगमा माथि उक्लिन प्रयासरत युनाइटेडका लागि आजको खेलको ३ अंक ज्यादै महत्त्वपूर्ण हुनेछ । यो खेल आज राति नेपाली समयअनुसार ९ः४५ बजेबाट सुरु हुनेछ ।

कमेन्टहरु
Loading...