चेम्बरको युवा कमिटी गठन

पोखरा १ चैत/ पोखरा चेम्बर अफ कमर्स कास्की अन्तर्गत युवा कमिटी गठन भएको छ ।
कमिटीको अध्यक्षमा पूर्ण श्रेष्ठ, उपाध्यक्षहरुमा प्रितम सेन र सोवित ठकुरी, महासचिवमा सुरेन्द्र पुन, सचिवमा नविन श्रेष्ठ, कोषाध्यक्षमा सुमन गुरुङ र सहकोषाध्यक्षमा विशाल बास्तोला रहेका छन ।

युवा कमिटीको सदस्यहरुमा नगेनसिंह ठकुरी, नारायण तिवारी, रमा गुरुङ, नरमाया रसाइली चयन भएका छन । युवा कमिटीको सल्लाहाकारमा डा रोशन गौतम, नवराज आचार्य रहेका छन । पोखरा चेम्बर अफ कमर्स कास्कीका किसान सुनारले पोखरा चेम्बरले कास्की क्षेत्रको उद्योग, वाणिज्य, यातायात, बैंकिङ, विमा, कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन र सेवा व्यवसाय क्षेत्रका व्यवसायीको एकता र व्यवसायी मैत्री वातावरण निर्माणमा भूमिका खेलेको दावी गरे ।

पोखरा चेम्बरले कास्की जिल्ला स्तरमा काम गरेको भएता पनि पोखरा महानगर स्तरीय समिति नबनेको जानकारी दिदै अध्यक्ष सुनारले महानगरमा ८ वटा इकाई बनाएर काम गरेको बताए ।
बस्तुगत संघका प्रतिनिधि तथा उद्योगी व्यवसायीको राय सुझाव संकलन गरी लिपीबद्ध गरेको जानकारी दिदै उनले टोल फ्रि नम्बर राखेर व्यावसायीका गुनासालाई सम्बोधन गर्ने प्रणालीको विकास गरेको बताए ।

उनले कर प्रणाली र घरभाडाको सवालमा चेम्बरले काम गरेको जनाए । कार्यक्रममा चेम्बरका उद्योग तर्फका उपाध्यक्ष गिता तिवारी गौतम र बस्तुगत तर्फका उपाध्यक्ष यमनाथ पौडेल, वाणिज्य तर्फका उपाध्यक्ष प्रमबहादुर भुजेल, महासचिव उमराज बास्तोला, चेम्बर युवा कमिटीका अध्यक्ष पूर्ण श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।

कमेन्टहरु
Loading...