यती एयरलाइन्सले पोखराबाट भैरहवा फ्लाइट शुरु (भाडा दर कति सहित)

पोखरा, १६ साउन /यती एयरलाइन्सले पोखरालाई पर्यटकीय गन्तव्य बनाउदै अन्य शहरहरुमा पनि नियमित उडान गर्न शुरु गरेको छ ।

पोखराबाट काठमाडौका लागि उडान भर्दै आएको एयरलाइन्सले पोखराबाट भैरहवा उडान बिहीबार देखी शुरु गरेको हो ।

त्यसै गरि  एयरलाइन्सले भरतपुरका लागि भदौ १५ देखि भरतपुर र भदौ २९ देखि माउण्टेन फ्लाइट गर्ने जनाएको छ ।

२० मिनेटमा उडान मार्फत पोखरा र भैरहवालाई जोडनेछ । पोखराबाट विहान साढे ९ बजे र भैरहवाबाट पोखरा १० बजेर १० मिनेट जादाँ उठान गर्ने छ । पोखरा–भैरहवा उडानका लागि २ हजार ७ सय देखि बढीमा ४ हजार ३ सय ५० रुपैयाँ भाडा कायम गरिएको छ ।

सन् १९९८ मा स्थापित एयरलाइन्सले हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई केन्द्रमा राखी ४ वटा एटिआर ७२–५०० र ५ वटा जेट स्ट्रिम ४१ ट्विन टर्वो प्रप विमानबाट हवाइ सेवा दिँदै आएको छ ।

यतीको भगिनी संस्था तारा एयरले ४ वटा ट्वीन ओटर र २ वटा डोर्नियर डीओ २२८ मार्फत जोमसोम, लुक्ला, डोल्पो, सिमीकोट, जुम्ला र रारा जस्ता विकट गन्तव्यमा उडान गर्दै आएको छ ।

यती एयरलाइन्सले पोखराबाट भैरहवा, भरतपुर र माउन्टेन फ्लाइट गर्ने
यती एयरलाइन्सले पोखराबाट भैरहवा, भरतपुर र माउन्टेन फ्लाइट गर्ने
कमेन्टहरु
Loading...