यतीको एटिआर ७२ ले काठमाडौं –पोखरा– काठमाडौं उडान शुरु

पोखरा, १७ असोज / निजी क्षेत्रको हवाई कम्पनी यती एयरलाइन्सले पोखरामा ठुलो जहाज एटिआर ७२–५०० उठान शुरु गरेको छ ।

यतीले काठमाडौं–पोखरा–काठमाडौं रुटमा बुधबार उडान शुरु गरेको हो । यतीले पछिल्लो पटक ल्याएको ७२ सिट क्षमता भए पनि पोखरामा

६० जना ल्याउने छ । पर्यटकीय सिजन शुरु भए सगँ यात्रुको संख्या बढेकाले ठुलो जहाजबाट सेवा शुरु गरेको यतीका एयरलाइन्सका सञ्चार

अधिकृत भीमराज राईले जानकारी दिए । उनले बुधबार मात्रै बिहान ७ र ९ बजे दुईवटा उडान एटिआर ७२–५०० बाट गरेका जानकारी दिए ।

उनले आवश्यकता अनुसार उडान थप्न गर्दै जाने बताए ।

एटिआर बाहेक यतीले ३० सिट क्षमताको जेटस्ट्रिम ४१ जहाजबाट पनि अरु उडान गर्ने उनले बताए । यतीले यतिबेला काठमाडौं–पोखरा

–काठमाडौं रुटमा दैनिक १० वटासम्म उडान नियमित गर्दै आएको छ । बुद्ध एयरले यस अगाडी नै काठमाडौं पोखरा रुटमा एटिआ ७२

उडान भर्दै आएको थियो ।

कमेन्टहरु
Loading...