व्यावसायीक हितका लागि उमेद्वारी -यदुनाथ अधिकारी

व्यवसाय क्षेत्रमा लागेको १५ वर्ष काटिसक्यो । उद्योग सञ्चालन गरेको पनि ५ वर्ष भई सक्यो पोखराका युवा व्यवसायी यदुनाथ अधिकारीको । उनै अधिकारी पोखरा उद्योग वाणिज्य संघको ३१औं महाधिवेशनका लागि कार्यकारिणी सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन् ।

‘सामाजिक रुपान्तरणका लागि उद्यमी व्यवसायी, संरक्षण र प्रवद्र्धनका लागि सबल र सक्षम नेतृत्व’ नाराका साथ उम्मेदवारी प्रस्तुत गरेका अधिकारीसँग व्यवसायिक क्षेत्रको अनुभव, र सामाजीक क्षेत्रमा गरेको कामको अनुभव संघमा सदस्यपदमा रहेर सेवा गर्ने लक्ष्यका साथ चुनावी मैदानमा उम्मेदवारी प्रस्तुत गरेका छन् । उद्योग व्यवसायमा थुप्रै समस्याहरु छन् । ती तमाम समस्याहरुको समाधानको थलो भनेको पोखरा उद्योग वाणिज्य संघ हो, जुन हाम्रो छाता संस्था हो । छाता संगठनमै रहेर समस्याहरुको निराकरण गर्न सकियोस भन्ने उद्देश्यका साथ आफु चुनावी मैदानमा आएको बताए ।

 यदुनाथ अधिकारी कार्यकारिणी सदस्य उम्मेदवार पोखरा उद्योग वाणिज्य संघ

                                              यदुनाथ अधिकारी
                                    कार्यकारिणी सदस्य उम्मेदवार
                                       पोखरा उद्योग वाणिज्य संघ

उनले समाजको रुपान्तरण गर्न उद्योग र व्यवसायबाट मात्र सम्भव रहेको बताए । हामी समृद्धिको कुरा गरिरहेका छौं । तर, हामी दुई छिमेकी मुलुकसँग आश्रित छौं । उनीहरुको उत्पादन हाम्रो व्यवसाय बनेको छ । उनीहरुको कच्चा पदार्थ तथा मेसिनहरु अलिअलि जोरजाम गरेर हामी उद्योगी बनेका छौं । हाम्रो उत्पादन तथा हाम्रै व्यवसायले मात्र देशले समृद्धि प्राप्त गर्न सक्छ । उनको भनाई छ । यिनै विषयहरुलाई एजेण्डाको रुपमा छलफल गर्दै देश विकास गर्न सहयोगी बन्न आगडि बढेको उनको भनाई छ ।

यसैको निम्ती छाता संस्था पोखरा उद्योग वाणिज्य संघमा आफु उम्मेदवार बनेको बताए । म पदका लागि होइन, केही काम गरेर देखाउने दृढ संकल्पका साथ अगाडि बढेको छु उनले भने अध्यक्षका आंकाक्षी धेरै भएपनि जो संघको नेतृत्वमा आउँछ, उसको नेतृत्वलाई सफल पार्न पनि आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नेछु । उनी पोखरामा नाम कमाउन सफल अन्नपूर्ण फुड्स एण्ड बेभरेज प्रालिको उत्पादन सोल्टी पानीका सञ्चालक हुन् । त्यसै गरि बिगत १५ वर्षदेखि रियलस्टेट क्षेत्र, बैंकिङ क्षेत्र तथा इन्भेष्टमेन्ट प्रालि मार्फत विभिन्न क्षेत्रमा लगानी गरि व्यवसायीक छबि बनाउन सफल छन् ।

उनले संघमा प्रवेश गरेपछि पहिलो काम धेरै उद्योगी व्यवसायीलाई छाता संस्था भित्र ल्याउने काम गर्ने बताए । त्यसपछि संघमा व्यवसायीहरुको हकहित तथा अधिकारका कामहरुलाई अगाडी बढाउने बताए । कर तथा घरभाडाका समस्या, समयसमयमा हुने बन्द तथा हडतालका समस्याहरु, व्यवसायीहरुबीचको अस्वस्थ प्रतिस्पर्धाले निम्त्याउने समस्याहरु, उद्योगमा मजदुरहरुका समस्या तिनलाई सरकार सगँ मिलेर समाधान गर्नु पर्दछ । उनले नेपालमा नै उद्योग सञ्चालन गरेर विदेशीने युवाहरुलाई रोक्नु पर्ने बताए ।

उनले उद्योग तथा व्यवसाय सिस्टममा चलेको बताउदै कतिपय उद्योग व्यवसाय साझेदारीमा छन् । साझेदार मध्येको एकलाई प्रवन्ध सञ्चालकको रुपमा जिम्मेवारी दिए पनि संघमा समय दिन सकिने बताए । उनले औद्योगिक व्यापार मेलाको अवधारणा निकै राम्रो भएको बताए । उनले उत्पादन हाम्रै व्यवसायमुखी हुनुपर्दछ । विदेशमा उत्पादित समानको बिक्री भण्डार बनाउनु हुँदैन । मनोरञ्जनमा बढी खर्च आएको गुनासो सुनिएको छ । स्वदेशी कृषि उत्पादनलाई बढी प्राथमिकता दिएर मेला सञ्चालन गर्नु पर्ने बताए । उनले समाजको रुपान्तरण तथा समृद्धि अब उद्योगी व्यवसायीबाट मात्र सम्भव भएको बताए । आफ्नो उत्पादन आफ्नै व्यवसाय हुने गरी योजनाका साथ हामी अगाडि बढ्नु पर्ने बताए ।

कमेन्टहरु
Loading...