आर्थिक वृद्धि दर ५ दशमलव ५ प्रतिशत खतिवडा

सागर राज तिमिल्सिना
पोखरा, ११ कार्तिक/नेपाल राष्ट्रबैंकका गभर्नर डा.युवराज खतिवडाले सरकारले तोकेको ५.५ को आर्थिक वृद्धि दरलाई कायम राख्न राष्ट्र बैंक आशावादी रहेको बताएका छन् । पोखरामा आजबाट सुरु भएको अन्तराष्ट्रिय स्तरको मौद्धिक निति व्यवस्थापन सम्बन्धी उच्चस्तरीय तालिमको उद्घाटन गर्दै उनले खतिवडाले समयमा बजेट आएको र मौसमले पनि साथ दिएकाले कृषि उत्पादकत्वमा वृद्धि भई सरकारको लक्ष्यलाई सहयोग पु¥याएको बताए ।

१३ वटा देशको सहभागीता रहेको ५ दिने अनुशिक्षण कार्यक्रमले हरेक देशका केन्द्रिय बैंकका नीति र मोद्रिक प्रणाली, अवसर, चुनौती लगायतको विषयमा १८ वटा सेसनहरु हुने जनाइएको छ । साउथ एसियन सेन्टरमा १९ देशका केन्द्रिय बैंकहरुको प्रतिनिधित्व रहेको छ ।

कमेन्टहरु
Loading...