फक्सवेगनको ‘एक्स्चेन्ज कार्निभल’ पोखरामा

पोखरा, २४ माघ /जर्मनीको बहुराष्ट्रिय मोटर कम्पनी फक्सवेगनका गाडीहरुको पोखरामा ‘एक्सचेन्ज कार्निभल’ हुने भएको छ । मंगलबार सुरु हुने एक्स्चेन्ज कार्निभल शुक्रबारसम्म जारी रहनेछ । फक्सवेगेनका लागि गण्डकी तथा धौलागिरी क्षेत्रको आधिकारिक बिक्रेता आउटड्राइभ इण्टरप्राइज प्रालि नागढुंगामा एक्स्चेन्ज कार्निभल हुने सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

चार दिनसम्म चल्ने कार्निभलमा आफूसँग भएका जुनसुकै ब्राण्डका पुराना गाडीसँग फक्सवेगेनका गाडी साटफेर गर्न सकिने प्रालिका प्रवन्ध निर्देशक पुनित वैद्यले जानकारी दिए । ‘नेपालमा उपलब्ध फक्सवेगेनका पोलो, भेन्टो, एमियो, बिटल र टिगुअन लगायतका सबै मोडलहरुसँग पुराना गाडी एक्स्चेन्ज गर्न सकिनेछ,’ उनले भने ।

प्रत्येक गाडीको बुकिङमा हरेक जोडीलाई थाइलेण्ड भ्रमण गराइने वैद्यले जानकारी दिए । ‘एक जना भाग्यमानी ग्राहकलाई लक्की ड्रका आधारमा युरोप भ्रमणको व्यवस्थासमेत गरिनेछ,’ उनले भने, ‘कार्निभलमा गाडीको बुकिङ गर्ने ग्राहकका पुरानो गाडीको मूल्यांकनमा अधिकतम मूल्य उपलब्ध गराउँछौं ।’

ग्राहकको सुविधालाई मध्यनजर गरी फुडस्टल, एक्स्चेन्ज बोनस र टेस्ट ड्राइभ गर्नेहरुलाई विशेष उपहारको व्यवस्था गरिएको वैद्यले जानकारी दिए । ‘टेस्ट ड्राइभ गर्ने ग्राहकमध्येबाट एक जनालाई बम्पर उपहार अन्तर्गत स्मार्ट फोन पुरस्कार प्रदान गरिनेछ,’ उनले भने ।

फक्सवेगनका गाडीहरु उपभोक्तामैत्री रहेकाले ग्राहकको रोजाईमा परेको प्रमुख प्रवन्धक अनुप नकर्मीले बताए । ‘दुई वर्षसम्म असीमित किलोमिटरको वारेन्टी र प्रत्येक १५ हजार किलोमिटरको फरकमा सर्भिसिङ दिइने हुनाले अन्य कम्पनीको तुलनामा फक्सवेगन ग्राहकको रोजाईमा पर्ने क्रम बढेको छ,’ उनले भने । आउटड्राइभ इण्टरप्राइज गत साउनदेखि फक्सबेगेनको गण्डकी धौलागिरीको आधिकारिक बिक्रेता बनेको हो ।

कमेन्टहरु
Loading...