भक्सवागनको टिगुअन पोखरामा

पोखरा, २५ भदौ /जर्मनीको बहुराष्ट्रिय मोटर कम्पनी भक्सवागनको बहुप्रतिक्षित ब्राण्ड ‘टिगुअन’ जीप पोखरामा भित्रिएको छ । भक्सवागनको लागि गण्डकी तथा धौलागिरी क्षेत्रको आधिकारिक बिक्रेता आउटड्राइभ इण्टरप्राइज प्रालि नागढुंगाले टिगुअनलाई पोखरा भित्र्याएको हो । जर्मनी इन्जिनमा जर्मनमै बनेको टिगुअन २ हजार सिसीमा उपलब्ध छ । डिजेल र पेट्रोल दुवै इन्जिनमा उपलब्ध टिगुअन निकै आकर्र्षक डिजाइनमा उपलब्ध रहेको प्रालिका प्रवन्ध निर्देशक पुनित वैद्यले जानकारी दिए ।

प्यानारोमिक रुफ, अटो गियर, अटो हेडलाइट, अटो गियर, टच म्युजिक सिस्टम लगायत विशेषता रहेको टिगुअनको ग्राउण्ड क्लियरेन्स २०५ एमएम रहेको वैद्यले बताए । ‘१० वटा एयर ब्याग रहेको टिगुअन सुरक्षालाई ख्याल गरेर तयार पारिएको छ,’ वैद्यले भने, ‘यो गाडी पोखरामा लोकप्रिय हुने हामीले विश्वास लिएका छौं ।’ टिगुअनको मूल्य ९९ लाख रुपैयाँदेखि १ करोड २८ लाख रुपैयाँसम्म पर्छ । टिगुअनको पोखरामा बुकिङ र टेष्ट ड्राइभ खुल्ला गरिएको छ ।

पोखरामा भक्सवागनका पोलो, क्रस पोलो, भेन्टो, एमियो, बिटल, एमारक लगायतका मोडलका गाडीहरु बिक्री भइरहेको छ । भक्सवागनका गाडीहरु उपभोक्तामैत्री रहेकाले ग्राहकको रोजाईमा परेको वैद्यले बताए । ‘दुई वर्षसम्म असीमित किलोमिटरको वारेन्टी र प्रत्येक १५ हजार किलोमिटरको फरकमा सर्भिसिङ दिइने हुनाले अन्य कम्पनीको तुलनामा भक्सवागन ग्राहकको रोजाईमा परेको छ,’ उनले भने । अन्य गाडीको तुलनामा सर्बसुलभ र सस्तो मूल्यमा भक्सवागनका गाडीहरुको स्पेयर्स पार्टस् बजारमा उपलब्ध रहेको वैद्यले बताए ।

यसैबीच, नेपालीहरुको महान पर्व दशैं तिहारलाई लक्षित गरी भक्सवागनको गाडी खरिदमा ‘दशैं तिहार डबल अफर’ ल्याइएको छ । ग्राहकलाई लक्षित गरेर कम्पनीले २ लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस र ८ लाख रुपैयाँसम्म नगद छुट प्रदान गरिएको वैद्यले बताए । ‘छुट तथा बोनसले पनि भक्सवागन प्रति ग्राहकको आकर्षण बढेको छ,’ वैद्यले भने ।

कमेन्टहरु
Loading...