होमस्टेलाई व्यवस्थित र व्यावसायिक बनाउन पोखरामा प्रदेशस्थतरीय तालिम

पोखरा, २९ वैशाख /होमस्टेलाई व्यवस्थित र व्यावसायिक बनाउन पोखरामा घरबास व्यवस्थापन तालिम सुरु भएको छ । गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) प्रदेश–४ ले प्रदेशभित्र संचालित होमस्टेलाई व्यवस्थित र व्यावसायिक बनाउन यो तालिम दिएको हो ।

नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा शुक्रबार देखि सुरु भएको प्रशिक्षणमा होमस्टेलाई कसरी व्यवस्थापन र व्यवासायिक बनाउन सकिन्छ भनेर छलफल हुने आयोजक भिटोफ प्रदेश ४ का अध्यक्ष रवीन्द्र पौडेलले बताए । उनका अनुसा होमस्टे संचालनको तयारी नजान्दा संचालकले कमाई गर्न सकेका छैनन् । ग्रामिण क्षेत्रमा पाहुनालाई आतिथ्यता दिएर त्यहाँका बासिन्दाको आम्दानी बढाउने माध्यम अहिले होमस्टे रहेको उनले बताए ।

बोर्डका प्रमुख सुर्य थपलिया पनि होमस्टेले ग्रामिण क्षेत्रका बासिन्दाको आम्दानी बढाउन सघाएको बताउँछन् । उनका अनुसार पछिल्लो समय ग्रामिण क्षेत्रका कला, संस्कृति, सभ्यता बुझ्न धेरै आन्तरिक तथा विदेशी पाहुना होमस्टेतर्फ आकर्षित भएका छन् । ती पाहुनालाई घरायसी वातावरणमा आतिथ्यता प्रदान गरेर धेरै गाउँका बासिन्दाको जिवनस्तर उकासेका छन् ।

भिटोफका निवर्तमान अध्यक्ष तारानाथ पहारीका अनुसार प्रदेशका विभिन्न होमस्टेका ५५ जना यो प्रशिक्षणमा सहभागि छन् । दुईदिनसम्म चल्ने प्रशिक्षणमा पाहुनाको पहिचान, उनीहरुको रुची, गरिने सत्कार, दिइने सेवा, प्रचारप्रसारको तरिका, हिसाबकिताबारे पनि सिकाइनेछ । ‘कतिपय ठाउँमा आतिथ्यताको तरिका जानेनन, कतै हिसाबकिताको टुंगो लागेन, त्यही भएर प्याकेजमा व्यवस्थापन प्रशिक्षण दिन थालेका हौ,’पहारीले भने । प्रदेशभित्र मात्र करिब १ सयको हाराहारीमा होमस्टे संचालनमा छन् ।

कमेन्टहरु
Loading...