भ्रमण वर्षमा पोखराको कोशेली, टोपी, स्वेटर, गलवन्दी र झोला

पोखरा, ८ माघ/ पोखराकी अञ्जु क्षेत्रीले पोखराको कोशेलीको रुपमो गलवन्दी, टोपी र स्वेटरलाई उत्पादन तथा बजारीकरण थालेकी छन् । सरकारले नेपाल भ्रमण वर्ष २०२० सुरु गरिसकेको छ ।

यसै सन्दर्भमा अन्जुले भ्रमण वर्षलाई सहयोग गर्ने भन्दै पोखराको कोशेलीको रुपमा नेपाली गार्मेण्ट उद्योगबाट उत्पादिन टोपी, मफलर, स्विटर, झोला उत्पादन र बजारी करण गरिरहेकी छन् ।
उनि भन्छिन्–“नेपालले २० लाख विदेशी पर्यटक भित्राउने लक्ष्य सहित भिजिट नेपाल २०२० मनाउँदै छ प्रत्येक नेपालीको सहभागिता र सहयोग विना यो सम्भव हुदैन ।”

बुटवलको तिलोत्तमा नगरपालिका रुपन्देहीमा स्थापना भएको लिडास फेसन निटवेयर प्रालिले भ्रमण वर्ष प्रचारसँगै व्यावसायिक यात्रामा सिर्जनात्मक सुरुआत गरेको छ । लिडासले भिजिट नेपाल २०२० पोखरा र गण्डकी प्रदेशको लोगो अंकित स्वेटर र गलबन्दी, टोपी र झोला बजारमा ल्याएको छ ।

अञ्जु सहित ५ जनाको संयुक्त लगानी रहेको कम्पनीको बजारी करणको काम अञ्जुले गरेकी छन् । आफ्नो खर्चका लागि काम गर्नु पर्छ अनि मात्रै समाजले विश्वास गर्छ उनले भनिन् । समाजका लागि उधाहरणीय वन्न पनि सवै भन्दा पहिला पसिनामा विश्वास गर्नु पर्ने उनको तर्क रहेको छ ।

उनि सहित कम्पनीका प्रबन्ध निर्देशक इन्द्र खड्काको टोलीले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र पर्यटनमन्त्री विकास लम्साललाई भेटे । मुख्यमन्त्री गुरुङले सरकारी तवरबाट हुनुपर्ने काम निजी क्षेत्रले गरेको भन्दै गण्डकी सरकार स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न तयार रहेको बताए । उनले सरकारी र निजी क्षेत्रको सहकार्यबाट मात्रै समृद्ध नेपालको सपना साकार हुने बताए ।

पर्यटनमन्त्री लम्सालले भ्रमण वर्षको प्रसार र पर्यटकलाई उपहारका लागि यस्ता सामग्री निकै उपयोगी हुने विचार राखे । उनले गण्डकी सरकारले एक हजार गलबन्दी र १ हजार स्वेटर खरिद गरी सरकारका विभिन्न तहमा वितरण गर्ने प्रतिवद्धता गरे । उनको यो अभियानलाई गण्डकी प्रदेशका सवै जिल्ला र जिल्ला स्थित सरकारी तथा गैह्र सरकारी निकायहरु र जनप्रतिनिधीहरुले पनि नया ठाउँमा जादा कोशेलीको रुपमा लैजाने गरेको अञ्जुको भनाई रहेको छ ।

पोखरा महानगरपालिका र गण्डकी प्रदेशको लोगो अंकित सामानहरु समय अनुसार जाडो र गर्मी दुवै सिजनका उत्पादन गर्ने तयारीका साथ काम भएको पनि संचालक अञ्जुले जानकारी दिईन् । कम्पनीका प्रबन्ध निर्देशक खड्का १५ वर्ष विदेश बसेर फर्किएका हुन् । अञ्जु सहित ५ जनाको ७ करोड लगानीमा स्थापित लिडासमा ७० जनाले रोजगारी पाएका छन् ।

लिडासका उत्पादनलाई अमेरिका, स्वीटजरल्यान्ड, वेलायत, अस्टेलियामा पनि पु¥याइ सकिएको छ । अञ्जु भन्छिन्–“हामीले सबै विदेशमा बनेका सामान किन बेच्ने ? देशको भ्रमण वर्ष प्रवद्र्धन गर्दै हाम्रा उत्पादनलाई अन्तराष्ट्रियकरण गर्न यसलाई प्लेटफर्म बनाएका छौं ।’

कमेन्टहरु
Loading...