उपभोग्य सामग्रीको उचित मूल्य निर्धारण गर्न माग

पोखरा, १७ असोज /उपभोग्य सामग्री निर्माता कम्पनीहरुले खाद्यान्नमा आफु खुसी मूल्य सूची टाँसेकोमा एक कार्यक्रमका वक्ताहरुले आपत्ति जनाएका छन् । बहस केन्द्र नेपालले आइतबार पोखरामा आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्ने वक्ताहरुले सरकारी मापदण्डको वेवास्ता गर्दै कम्पनीहरुले मिनिरल वाटर, घ्यू, तेल लगायतका उपभोग्य सामग्रीहरुमा मनपरी मूल्य सूची टाँस्ने गरेको भन्दै आपत्ति जनाएका हुन् ।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको अनुगमन समितिले कुनैपनि उपभोग्य वस्तु त्यसमा टाँसिएको मूल्य सूचीका आधारमा बिक्री वितरण भइरहेको छ छैन भनी बजार अनुगमन गर्ने भएपनि उपभोग्य वस्तुहरुमा अनियमितता भएकोतर्पm प्रसाशन, उपभोक्ता मञ्च लगायतका सरोकारवाला निकायहरुको ध्यान जान नसकेको भन्दै कार्यक्रमका वक्ताहरुले गुनासो व्यक्त गरेका हुन् ।

चाड वाडको बेला तरकारी मण्डी, फलफुल पसल लगायतमा भिन्दा भिन्दै मूल्य निर्धारण गर्ने गरिन्छ । कुनैपनि सब्जी पसलमा बितरण गर्ने सागसब्जीमा समान शूल्क निर्धारण गर्नुपर्ने भएपनि भिन्दा भिन्दै शूल्कले सेवाग्रहीलाई सास्ती भएको वक्ताहरुको भनाइ रहेको छ । कम्पनीले कुन आधारमा त्यसको मूल्य कायम गरेको छ भनी समितिले अनुगमन गर्दैन । किराना पसलले कम्पनीद्वारा कायम गरिएको दरमा ग्राहकलाई उपभोग्य सामग्री बिक्री गरेपनि त्यसको मूल्य तोकिएको भन्दा न्यून हुन सक्ने जोखिम रहन्छ ।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी झलकराम सुवेदीले कुनैपनि खाद्य सामग्रीको मूल्याङकन गरि त्यसको उचित मूल्य सूची टाँस्नुपर्ने बताए । उनले चाडपर्वलाई लक्ष्ति गर्दै कास्कीमा अनुगमन तिव्र पारिएको जानकारी दिए । गत भदौ महिनामा ३७ वटा र असोजमा १७ वटा व्यवसायिक फर्म अनुगमन गरिएको उनले जानकारी दिए । अनुगमनको क्रममा अधिकांश फर्म सरकारमा दर्ता नभएको पाइएको उनले बताए । उक्त स्थलबाट बरामद गरिएका अखाद्य एवं म्याद गुज्रिएका खाद्यान्न तत्कालै नष्ट गरिएको सहायक प्रजिअ सुवेदीले जानकारी दिए ।

 

कमेन्टहरु
Loading...