अपर मादीबाट २४ मेगावाट विद्युत् उत्पादन 

पोखरा, ४ साउन /कास्कीको मादी गाउँपालिकाको  सिल्दुजुरेमा रहेको अपर मादी जलविद्युत् आयोजनाले विद्युत उत्पादनमा वृद्धि गरेको छ।

मादी नदीबाट निकालिने २५ मेगावाट क्षमताको सो जलविद्युत् आयोजनाका दुईवटा टर्वाइन सञ्चालन गरिएपछि २४ मेगावाट विद्युत् उत्पादन गरी राष्ट्रिय प्रशारण लाइनमा जोडिएको आयोजनाका को–अर्डिनेटर राजकुमार बरालले जानकारी दिए।

गत असार १२ गते भीषण वर्षासँगै आएको बाढीले आयोजनामा  क्षति पुर्याएपछि उत्पादन घटेर आठ मेगावाटमा पुगेको थियो। आयोजनाको मर्मतपछि  साउन १ गतेदेखि पूर्ण क्षमतामा विद्युत् उत्पादन हुनथालेको बरालले बताए।

स्वदेशी तथा विदेशी लगानीमा निर्माण भएको योजना आठ अर्ब रुपैयाँमा सम्पन्न भएको थियो । विसं २०६९ साल पुसदेखि शुरु भएको आयोजनाको निर्माण कार्य २०७३ पुस १५ गते सम्पन्न भएको थियो।

कमेन्टहरु
Loading...