युनाईटेडको दसौँ साधरण सभा

पोखरा, २८ साउन/ पोखराको न्युरोडमा रहेको युनाईटेड नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको १० औँ साधरण सभा सम्पन्न भएको छ । कार्यक्रमको उदघाटन गर्दै जिल्ला सहकारी संघ लिमिटेडका बरिष्ठ प्रबन्धक भोजराज घिमिरेले सहकारीका मुल्य र मान्यतामा काम गर्न पर्नेमा जोड दिए ।

युनाईटेडको दसौँ साधरण सभा
युनाईटेडको दसौँ साधरण सभा

कार्यक्रममा बरिष्ठ अधिबक्ता कृष्ण थापा क्षेत्री, ईन्जिनिर किसान सिंह गुरुङले हरेक क्षेत्रमा आर्थिक अनुशासन महत्वपुर्ण रहेको भन्दै त्यसलाई ख्याल गरेर अगाडी बढ्दा सफल भईने उल्लेख गरे । साधरण सभाले अध्यक्ष पदम बहादुर गुरुङ, सचिव मन्त्रीराज उलक, कोषाध्यक्ष गितादेवी चपाँई, लखा समिति संयोजक डोलराज पोख्रेलको बार्षिक प्रतिबेदन सर्बसम्मतीले पारित गरेको छ ।

संस्थाका कार्यकारी निर्देशक राजेन्द्रमान श्रेष्ठले देश आर्थिक विकासको मेरुदण्डको रुपमा सहकारी स्थापित भएकाले सामाजिक आर्थिक तथा शैक्षिक विकास , रोजगारी सिर्जना गर्दै यस आर्थिक बर्षमा संस्थाले सेयर सदस्यता बढाउदै कर्जा, निक्षेप ५ करोड बडी पुर्याउने , सेयर पुँजीमा बृद्धि गर्दै ३ करोड पुर्याने लक्ष्य राखिएको बताए ।

संस्थाले यस बर्षको उत्कृष्ट बचतकर्तामा गिर बहादुर खत्री, उत्कृष्ट ऋणी शान्ति पौडेल, उत्कृष्ट कर्मचारी वरिष्ठ कर्जा अधिकृत दिनेश शर्मा, उत्कृष्ट बजार प्रतिनिधि लक्ष्मी प्रधानलाई सम्मान गरेको छ भने संस्थामा नवप्रवेशी सेयर सदस्यलाई स्वागत तथा सम्मान गरेको छ । संस्थाका अध्यक्ष पदमबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष दिनबन्धु पौडेल र संचालन संचालक समितिका सदस्य श्याम बहादुर श्रेष्ठले गरेका थिए ।

कमेन्टहरु
Loading...