उज्वल सहकारीको साधारणसभा तथा चौथो अधिबेशन सम्पन्न , अध्यक्षमा योगराज पौडेल

कृष्ण आचार्य, पोखरा, ३ असोज/उज्वल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा योगराज पौडेल निर्वा्चित भएका छन् । पोखराको न्युरोडमा कार्यलय रहेको उज्वल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बुधबार होटल ग्राण्डमा सम्पन्न एघारौं वार्षिक साधारणसभा तथा चौथो अधिबेशनबाट पौडेल अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । संस्थाको उपाध्यक्षमा तुमला श्रेष्ठ, सचिबमा नरेन्द्र बास्तोला र कोषाध्यक्षमा इन्दिरा बराल चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा हरि प्रसाद श्रेष्ठ, बिमला श्रेष्ठ,मिना कुमारी गुरुङ, सुरेन्द्र बास्तोला र पुजन शाक्य निर्बिरोध चयन भएका छन् ।

उज्वल सहकारीको अध्यक्षमा योगराज पौडेल

यस्तै संस्थाको लेखा सुपरीबेक्षण समितीको संयोजकमा बैकुण्ठराज तिमिल्सिना सदस्यहरुमा नरेश पौडेल र सिता शर्मा चयन भएका छन् । अधिबक्ता जनकल्याण पराजुली संयोजक, कृष्ण आचार्य र स्टगल राना सदस्य रहेको निर्वाचन कमिटिले निर्वाचन सम्पन्न गराएको हो । निर्वा्चित पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचन कमिटीका संयोजक पराजुलीले सफत गराएका थिए ।

साधारणसभा तथा अधिबेशनको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथी एवं कास्की बचत तथा ऋृण सहकारी संघ लि.का अध्यक्ष सुदिप ढकालले सहकारीले झोलुङ्गो देखी चिहानसम्म सहकार्य गर्न सक्नुपर्ने भन्दै छरिएर रहेको पुजिलाई एकिकृत गर्दै लैजानु पर्नेमा जोड दिए । उनले आफ्नो सहकारीलाई पहिला आफुले बिश्वास गर्न सक्नु पर्ने भन्दै सहकारी प्रति पोखरा महानगर सकरात्मक बन्न नसकेको गुनासो गरे ।कार्यक्रममा अग्रज पत्रकार नारायण कार्कीले सहकारी प्रति सरकारी निति अनुदार रहेको भन्दै लगानि गर्ने बाताबरण सरकारले बनाईदिने हो भने सहकारीले जुन सुकै क्षेत्रमा पनि ठुलो लगानी गर्न सक्ने दाबी गरे । बिश्वका अन्य देशहरुमा सहकारीलाई कर मिनाह हुने गरेको उदाहरण प्रस्तुत गर्दै उनले हाम्रोमा २० प्रतिशत कर लगाउनु उपयुक्त नभएको बताए ।

उज्वल सहकारीको अध्यक्षमा योगराज पौडेल

सहकारीका अध्यक्ष अनिला श्रेष्ठको अध्यक्षता सम्पन्न साधारणसभामा उपाध्यक्ष तुमला श्रेष्ठ, शिक्षा समिति सदस्य तारा सापकोटा, लेखा समिती संयोजक बैकुण्ठराज तिमिल्सिना, निर्वाचन कमिटीका संयोजक जनकल्याण पराजुली, बिजयलक्ष्मी कोइराला, हुतराज श्रेष्ठ लगायतले बोलेका थिए ।कोषाध्यक्ष इन्दिरा बरालले धन्यवात ब्यक्त गरेको कार्यक्रमको संचालन सचिब नरेन्द्र बास्तोलाले गरेका थिए ।

साधारणसभाले अध्यक्ष अनिला श्रेष्ठले प्रस्तुत गरेको अध्यक्षको प्रतिबेदन,लेखा समितीका संयोजक बैकुण्ठराज तिमिल्सिनाले पेस गरेको लेखा समीतिको प्रतिबेदन सर्वसम्मत पारित गरेको छ । २ सय ३१ जना महिला र १ सय ७१ जना पुरुष सदस्य गरी ४ सय २ जना सेयर सदस्य रहेको सहकारीको सेयर पुँजी रु १ करोड ८४ लाख २० हजार रहेको छ भने निक्षेप संकलन रु ३ करोड ७७ लाख ३२ हजार ३ सय ५० रहेको छ ।

कार्यक्रममा यस बर्षको एसईई परिक्षा उत्रिण गरेका सेयर सदस्यका छोराछोरीहरु अनिस पौडेल, सन्दिप खड्का, साधना खड्का , दर्शन श्रेष्ठ र अर्पण ओझालाई सम्मान गरिएको थियो । यसैगरी उत्कृष्ठ बचतकर्ताहरु सापकोटा,रामजि प्रसाद पहारी र सुमित्रा खड्का, उत्कृष्ठ असल कारोबारीहरु, बिजय लक्ष्मी कोईराला र भेकेन्द्र कुमार श्रेष्ठ, कर्मचारीहरु सुरेन्द्र बास्तोला ,पुष्प बास्तोला र सरिता बास्तोला लगायतलाई पनि सम्मन गरिएको थियो ।

कमेन्टहरु
Loading...