उज्वल सहकारीको १२ औं साधारणसभा सम्पन्न

कृष्ण आचार्य, पोखरा, ४ असोज /पोखराको न्युरोडमा रहेको उज्वल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । पोखराको होटल ग्राण्डमा शुक्रबार एक कार्यक्रमको आयोजना गरि सहकारीले आफ्नो १२ औं वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।

उज्वल सहकारीको १२ औं साधारणसभा सम्पन्न

साधारणसभाको शुभारम्भ गर्दै कास्की बचत तथा ऋृण सहकारी संघका अध्यक्ष सुदिप ढकालले अब हरेक सहकारीले कहाँ पुग्ने र कहिले पुग्ने भन्ने निश्चित गर्न आवश्यक रहेको भन्दै नयाँ ऐन अनुसार बिनियम संसोधन गरेर अगाडि बढ्न जरुरी रहेको बताए ।सहकारीले झोलुङ्गो देखी चिहानसम्म सहकार्य गर्न सक्नुपर्ने भन्दै छरिएर रहेको पुजिलाई एकिकृत गर्दै लैजानु पर्नेमा उनको जोड थियो ।सहकारीका सस्थापक अध्यक्ष दिन कुमारी शर्माले सहकारी आर्थिक क्षेत्रको दरिलो खम्वा भएको भन्दै राज्यले हेर्ने दृष्टिकोण अझै सकरात्मक बन्न सक्नु पर्नेमा जोड दिईन् ।

सहकारीका अध्यक्ष योगराज पौडेलको अध्यक्षता सम्पन्न साधारणसभामा पुर्व अध्यक्ष अनिला श्रेष्ठ, उपाध्यक्ष तुमला श्रेष्ठ, सल्लाहकार सदस्य धुर्व श्रेष्ठ, ऋृण लगानी उपसमितीका संयोजक हरिप्रसाद श्रेष्ठ, शिक्षा समिती सदस्य तारा सापकोटा, सेयर सदस्यको तर्फबाट निर्मला बराल लगायतले बोलेका थिए ।कार्यक्रमको सञ्चालन सहकारीका सचिब नरेन्द्र बास्तोलाले गरेका थिए ।

साधारणसभाले अध्यक्ष योगराज पौडेलले प्रस्तुत गरेको अध्यक्षको प्रतिबेदन, लेखा समितीका संयोजक बैकुण्ठराज तिमिल्सिनाले पेस गरेको लेखा समीतिको प्रतिबेदन र कोषाध्यक्ष इन्दिरा बरालले प्रस्तुत गरेको आर्थिक प्रतिबेदन साधारण सभाबाट सर्वसम्मत रुपमा अनुमोदन भएको छ । ४ सय ३२ जना सेयर सदस्य रहेको सहकारीको सेयर पुँजी १ करोड ९५ लाख २० हजार रुपैयाँ, निक्षेप संकलन ४ करोड ७१ लाख ९ हजार ५ सय ४८ रुपैयाँ ९९ पैसा र ऋृण लागानी ५ करोड ७८ लाख ६५ हजार ५ सय ५६ रुपैयाँ ६३ पैसा रहेको सहकारीका अध्यक्ष पौडेलले जानकारी दिए ।

कार्यक्रममा यस बर्षको एसईई परिक्षा उत्रिण गरेका सेयर सदस्यका छोराछोरीहरु सौभाग्य प्रसाद श्रेष्ठ, प्रसन्न बराल, निरज श्रेष्ठ, आयुसा अधिकारी र सुदिक्षा अधिकारीलाई सम्मान गरिएको थियो ।यसैगरी उत्कृष्ठ बचतकर्ताहरु शुस्मा रेग्मी, नारायण प्रसाद अर्याल, उत्कृष्ठ कर्जा कारोबारी छबिलाल पौडेल, गंगा शर्मा लम्साल र सहकारीमा कार्यरत कर्मचारीहरु लाई पनि सम्मन गरिएको थियो ।

कमेन्टहरु
Loading...