टिभिएसको जुपिटर सार्वजनिक गरिदै

पोखरा, ९ फागुन/टिभिएस स्कुटर तथा मोटरसाईकलको गण्डकी धौलागिरी क्षेत्रको आधिकारिक विक्रेता वतास वद्रर्श प्रालिले जुपिटर क्लासिकको पोखरामा विक्री सुरु गर्ने तयारी गरेको छ ।  पोखरा सभागृहमा वुधवार एक कार्यक्रम आयोजना गरि यस क्षेत्रमा विक्री सुभारम्भ भएको घोषणा गरिने कम्पनीले जनाएको छ ।

टिभिएसका व्राण्ड एम्वेष्डर नायक आयुम्मान जोशी र नायिक प्रियंका कार्कीले सुभारम्भ गर्ने कार्यक्रम रहेको वतास व्रदर्शका विक्री प्रवन्धक सन्तोष पोखरेलले जानकारी दिए । ‘टिभिएस व्राण्ड यस क्षेत्रमा लोकप्रिय छ ।

भव्य कार्यक्रम गरि जुपिटर क्लासिक सार्वजनिक गर्दैछौँ’, पोखरेलले भने‘ अन्य मोडल जस्तै यसको पनि विक्री राम्रो हुने अपेक्षा गरेका छौँ’। कार्यक्रममा कलाकार सुरज थापाको मनोरञ्जनात्मक प्रस्तुती पनि रहने आयोजकले जनाएको छ । टिभिएस मोटरसाईकलको नेपालको आधिकारिक विक्रेता जगदम्वा मोटर्स प्रालि रहेको छ ।

कमेन्टहरु
Loading...