पोखराको टेम्पल ट्रि रिसोर्ट एण्ड स्पालाई साउथ एशियन ट्राभल अवार्ड

पोखरा, १४ असोज / पोखराको लेकसाइडमा रहेको टेम्पल ट्रि रिसोर्ट एण्ड स्पाले साउथ एशिया क्षेत्रमा रहेका ट्राभल एण्ड टुरिजम सम्बन्धित

प्रतिष्ठानहरुलाई प्रदान गरिने साउथ एशियन ट्राभल अवार्ड प्राप्त गरेको छ । १४ र १५ सेप्टेम्बरमा भारतको मुम्बइ स्थित ताज प्यालेस होटलमा सम्पन्न

कार्यक्रममा अवार्ड प्रदान गरिएको हो ।

साउथ एशिया लिडिङ वेलनेश एण्ड स्पा रिसोर्ट विधामा अवार्ड पोखराको टेम्पल ट्रि रिसोर्टले हात पार्न सफल भएको हो । साउथ एशियाका ५ वटा

राष्ट्रको सहभागीता रहेको कार्यक्रममा साउथ एशियन ट्राभल अवार्ड टिमले उत्कृष्ट सेवा प्रदान गरेको भन्दै टेम्पल ट्रि रिसोर्ट एण्ड स्पाका अध्यक्ष बसन्त

गौतमलाई अवार्ड प्रदान गरिएको थियो ।

कमेन्टहरु
Loading...