पर्यटन व्यवसायी महिलालाई कर शिक्षा

पोखरा, १० असोज / पोखराका पर्यटन व्यवसायी महिलाले कर शिक्षा सम्बन्धित एक दिने तालिम लिएका छन् । महिला पर्यटन व्यवसायी मञ्च (वोटेफ)को आयोजना तथा आन्तरिक राजश्व कार्यालय पोखराको प्राविधिक सहयोगमा सम्पन्न तालिममा कर सम्बन्धित राज्यको नीति र नागरिक एवं व्यवसायीको दायित्व सम्बन्धि विषयमा प्रशिक्षण दिइएको हो ।

राजश्व कार्यालय पोखराका प्रमुख कर अधिकृत केशव उप्रेतीले राज्यलाई समृद्ध बनाउन व्यवसायीले कर तिर्नुपर्ने बताउनुभयो । राज्यलाई तिरेको करबाट देश विकास हुने भएकाले कर छल्नु आर्थिक अपराध भएको उहाँको भनाइ थियो । राज्यले प्रोत्साहन र दण्डको व्यवस्था गरेकाले विल लिने र दिने वानीको विकास गर्न उहाँले व्यवसायी महिलालाई आग्रह गर्नुभयो ।

अहिले १५ सय अर्बको बजेटमा जम्मा ९ सय ८५ अर्ब राजश्व संकलन लक्ष्य राखिएको जानकारी दिदै ९ सय ८१ अर्ब चालु खर्च हुने गरेको जानकारी समेत गराउनुभयो ।कर कुनै पनि प्रतिफलको आशा नगरी राज्यलाई गर्ने अनिवार्य योगदान भएकाले “ मैले राज्यबाट के पाएँ भनेर भन्दा पनि मैले राज्यलाई के दिएँ भनेर सोच्नु पर्ने” उहाँको भनाइ थियो ।

कर अधिकत उद्धवराज न्यौपाने कर किन तिर्ने ? कर तिर पछिका फाइदा र कर नर्तिदा हुने वेफाइदाको बारेमा सहजीकरण गर्नुभएको थियो । उहाँले संघीय सरकारलाई तिर्नुपर्ने करको बारेमा जानकारी सँगै प्रदेश र स्थानीय सरकारले लगाउने करका क्षेत्रको बारेमा समेत जानकारी गराउनुभयो । साना ठुला व्यवसायी करको दायरामा आउन सके राज्यले वैदेशिक ऋणबाट मुलुक चलाउनु पर्ने अवस्थाको अन्त्य हुने उहाँको भनाइ थियो । कर नीतिको बारेमा व्यवसाय र आयआर्जनमा गर्ने सबैले जान्नैपर्ने बताउनुभयो ।

मञ्चका अध्यक्ष जमुना पराजुलीले करको बारेमा राम्रो जानकारी नहुँदा कर प्रति व्यवसायीको सकारात्मक दृष्टिकोण बन्न नसकेको बताउनुभयो । १ दिने प्रशिक्षणले करको विविध विषयको बारेमा राम्रो जानकारी लिन सफल भएको बताउनुभयो ।

कार्यक्रम संयोजक सुशिला सिग्देलले व्यवसाय सञ्चालन गर्ने कति महिलाहरुले करको बारेमा राम्रोसँग नबुझ्दा जरीवाना तिर्नुपर्ने अवस्था सृजना भएको बताउनुभयो । कर नबुझे सम्म एकदम जटिल विषय जस्तो लागे पनि बुझे पनि सहज हुने धारणा राख्नुभयो ।  तालिममा सहभागिहरुले कर किन तिर्ने त्यसबाट के फाइदा हुन्छ ।

करका दायरका के के हुन् ? महिलाले व्यवसाय गर्दा हुने कर छुटको बारेमा विविध जिज्ञासाहरु राखेका थिए । व्यवसायी महिलाको जिज्ञासाको जवाफ प्रमुख कर अधिकृत उप्रेती र कर अधिकृत न्यौपाने दिनुभएको थियो । तालिमबाट मञ्चका ७० जना व्यवसायी महिला लाभान्वित भएको मञ्चका सचिव उमा भण्डारीले जानकारी दिनुभयो ।

कमेन्टहरु
Loading...