कर बृद्धि विरुद्ध पोखरामा प्रर्दशन, रेडलाइट क्षेत्र बनाउने समृद्धि चाहिदैनः संयोजक तमु

पोखरा, २९ भदौ/पहिचान, अधिकार र स्वाभिमानका लागि आन्दोलनरत तमुवान–मगराँत संघर्ष समितिले कर

बृद्धि विरुद्ध पोखरामा बृहत जनप्रर्दशन गरेको छ। पोखरा चिप्लेढुंगा मानवअधिकारचोकबाट शुरु भएको कर बृद्धि

विरुद्धको र्याली विपीचोक, न्युरोड हुदै पोखरा महानगरपालिकामा पुगी संघर्ष समितिकी संयोजक कर्म तमुले कर

बृद्धि तुरुन्त खारेज गर्न माग गर्दै महानगरपालिकाका प्रमुख मानबहादुर जिसीलाई ज्ञापन पत्र बुझाएका छन् ।

ज्ञापनपत्रमा जनतालाई जबरजस्त कर लादेर जननिर्वाचित प्रतिनीधि÷नेताहरु तलब, भत्ता, सेवा सुविधा र

भ्रमणमा रमाईरहेको आरोप लगाउदै जननिर्वाचितहरुलाई तलब भत्ता छोड, कर फ्रि पोखरा महनगरपालिका

बनाउ भन्ने माग गरिएको छ। बृद्धि गरेको कर र शुल्क तुरुन्त खारेज नगरे संघर्ष समितिले अवज्ञा आन्दोलन

शुरु गरिने चेतावनी समेत दिएको छ।

घर घरमा सिंहदरबारको नारा दिने तर नागरिकलाई सेवा सुविधा बृद्धि, घर घरमा विकास पुर्याउनुको सट्टा करको

भारी बोकाउन स्थानियदेखि संघीय सरकार लागिपर्दै समृद्ध नेपाल र स्मार्ट सिटीका कुरा गर्नेहरुलाई ज्ञापनपत्र

मार्फत होशियारी गरिएको छ। नागरिकलाई दोहोरो तेहेरो करको भार, त्यसैमाथि सयौं प्रतिशत कर र सेवा शुल्क

बृद्धिसँगै महंगी आकाशिदै जाँदा जनता अत्यन्त मारमा परेको ज्ञापन पत्रमा उल्लेख छ ।

ज्ञापन पत्र बुझ्दै प्रमुख जिसीले करका बारेमा महानगरले समिति गठन गरी के कसो भएको बुझ्ने कार्य भएको

रहेको भन्दै ज्ञापनपत्रका बारेमा आफु सकारात्मक रहेको बताए । पोखरा महानगरपालिका अगाडि भएको कर

बृद्धि विरोध सभामा तमुवान—मगराँत संघर्ष समितिकी संयोजक कर्म तमुले जनतामारा कर बृद्धि खारेज नगरे

जनताले फ्रान्सेली क्रान्ति गर्ने चेतावनी दिए । रेडलाइट क्षेत्र बनाउने समृद्धि पोखरेलीले नचाहेको भन्दै उनले

प्रदेश मुख्य मन्त्रीको अभिव्यक्तिको चर्को आलोचना गरिन् ।

कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले बृद्धि गरिएको कर तिर्न जनता सक्षम

नभएकाले महानगरपालिकाले तत्काल खारेज गर्नुपर्नेमा जोड दिनुहुदै कर बृद्धि विरुद्धको आन्दोलनमा पोखरेली

उद्योग व्यवसायीहरुको तर्फबाट ऐक्यवद्धता व्यक्त गरे ।

कमेन्टहरु
Loading...