टाटाको टिआगो कार पोखरामा बिक्री सुरु

सागर राज तिमिल्सिना

पोखरा, ७ असोज/नजिकिँदै गरेको चाडबाडलाई लक्ष्ति गदै टाटा मोट्र्सले नयाँ उत्पादन टिओगो पोखराको बजारमा भित्र्याएको छ । पेट्रोलबाट चल्ने स्पोर्टीज ह्याचव्याक मोडलको यो कारको मूल्य २२ लाख ५५ हजार रुपैयाँ तोकिएको छ ।

टाटाको टिआगो कार पोखरामा बिक्री सुरु
टाटाको टिआगो कार पोखरामा बिक्री सुरु

नेपालका लागि आधिकारी विक्रेता सिप्रदी ट्रेडिङका जनरल म्यानेजर प्रविण खतिवडा, पोखराको विक्रेता दीपलक्ष्मी ब्राईट ईन्टरनेशनल प्रालिका प्रबन्ध निर्देशक राजेन्द्र बाटाजु र नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीले कारको सार्वजनीक गरे ।

अत्याधुनिक डिजाईन सहित डाइनेमिक ड्राइभिङ सुविधा भएको, उत्कृष्ट फ्युल क्षमताको यो कारमा रिभोटर्न १ दशमलब २ लिटर पेट्रोल इन्जिन रहेको छ । प्रतिलिटर २३ किलोमिटर गुड्ने कम्पनीको दावी छ । हाल एक्सइ, एक्सएम, एक्सजेट तीन डाइनामिक भेरियन्टमा र विभिन्न ६ कलरमा उपलब्ध रहेको खतिवडाले जानकारी दिए ।

कार बिग्रेमा ४८ घण्टा भित्र मर्मत ग्यारेन्टी गरिएको छ । ४८ घण्टा भित्र कार मर्मत नभएमा मर्मत शुल्क नलिने उनले जानकारी दिए । टिआगोको बजार मूल्य २२ लाख ५५ हजार रुपैयाँ तोकिएको छ । यो कार सन् २०१६ को फेब्रुअरीमा भारतमा पहिलो पटक बिक्री शुरु गरिएको थियो । हाल यो कार भारतमा मासिक करिब ५ हजार वटा बिक्री हुँदै आएको छ ।

हाल नेपालमा टाटा मोटर्सका करिब ७५ हजार सवारी सडकमा गुडिरहेको, कमर्शियल भेइकल्सतर्फ टाटाको बजार हिस्सा करिब ८० प्रतिशत रहेको र प्यासेन्जर भेइकल्सतर्फ करिव १४ प्रतिशत हिस्सा टाटाले ओगटेको कम्पनीको दावी छ ।
दशै तिहारको अवसरमा पोखरामा कार खरिद गर्दा एक लाख २५ हजार देखि १ लाख ७५ हजार सम्म छुट सुविधा रहेको दीपलक्ष्मी ब्राईट ईन्टरनेशनल प्रालिका प्रबन्ध निर्देशक राजेन्द्र बाटाजुले जानकारी दिए ।

कमेन्टहरु
Loading...