भुटान र तिब्बतको टुर प्याकेज पोखराबाटै

पोखरा, ३१ असार /पोखरा आएका पर्यटका पोखरापछि अन्य देशको प्याकेज खोज्न थाले पछि ट्रेकिङ एजेन्सी सञ्चालकलाई अन्य ठाउँको टुर प्याकेजबारे टान पश्चिमाञ्चल क्षेत्रीय संघले जानकारी दिएको छ ।  व्यवसायीलाई भुटान र तिब्बतको टुर प्याकेजका बारेमा जानकारी दिन शुक्रबार तालिमको आयोजना गरेको हो ।

एजेन्सी सञ्चालकसँग पर्याप्त जानकारी भएमा पोखराबाट ती देशको टुर प्याकेज किन्ने पर्यटकलाई सहज सेवा प्रदान गर्न सकिने अपेक्षा सहित अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक मिलन तिवारीले जानकारी दिए । भुटान तिब्बत टुर सेल्स इन्फरमेशन सेसन नाम दिइएको कार्यक्रममा काठमाडौंबाट आएका प्रशिक्षक रामचन्द्र लामिछानेले जानकारी गराएका थिए । उनले भुटान र तिब्बतको टुर सम्बन्धि जानकारी, त्यहा जाने प्याकेज बारे र भिसा प्रक्रियाको बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा संघका ४५ जना सदस्यको सहभागीता थियो । पोखरा लगायत आसपासको क्षेत्रका पदयात्रा मार्ग मेटिदै गएपछि पर्यटकले बैकल्पिक स्थानहरुको खोजी गर्न थालेका छन् । विश्वकै उत्कृष्ट १० भित्र पर्न सफल अन्नपूर्ण पदयात्रा मार्ग तीन साताबाट छोट्टिएर अहिले एक सातामा झरेको छ । पोखरा घुम्न आएका पर्यटक ट्रोकिङको लागि पदयात्रा मार्गतिर जान भन्दा पनि भुटान र तिब्बतको टुर प्याकेज खोज्न थालेका छन् । पर्यटकको लागि उत्कृष्ट स्थान भएकाले विदेशी मात्र नभई स्वदेशी पर्यटक पनि भुटान र तिब्बत टुरमा जानेहरु बढेका छन् ।

यसअघि पर्याप्त जानकारीको अभावमा पोखराबाट भुटान र तिब्बतको टुर प्याकेज खोज्ने पर्यटकलाई काठमाडौंमा सम्पर्क गराई पठाउनुपर्ने अबस्था थियो । विचमा बसेको एजेन्टको काम गर्न भन्दा आफैले प्याकेज विक्री गर्न सक्ने र पर्यटक पठाउन सक्ने गरी काम गर्न सक्षम बनाउन अभिमुखीकरण फलदायी रहेको संघ पोखराका अध्यक्ष दिपकराज अधिकारीले बताए ।

पदयात्रा मार्ग सकिदै जादा नेपालको पर्यटक क्षेत्रमा नकारात्मक असर परेको भन्दै उनले पदयात्रा मार्गलाई पदयात्रा संरक्षण क्षेत्रको रुपमा घोषणा गर्नुपर्ने आवश्यकता औल्याए । सडक यातायातले पदयात्रा विस्थापित हुदै गएपनि पर्यटन क्षेत्रमा पदयात्राको औचित्य नभएको जस्तो गरिएकोमा उनले दुखेसो पोखे । कार्यक्रममा टान पोखराका प्रथप उपाध्यक्ष हरि भुजेल, सचिव सुशिलराज पौडेल लगायतले प्याकेजका बारेमा जानकारी दिएका थिए ।

कमेन्टहरु
Loading...