स्वाइनफ्लुको हल्लाका कारण पोखराका बंगुर ब्यवशायनै धरापमा

पोखरा, ४ भदौ/स्वाइनफ्लुको हल्लाले बंगुर ब्यवशायनै धरापमा परेका छन । स्वाइनफ्लु रोग बंगुरबाट मानिसमा सर्ने भ्रम फैलिएपछि कास्कीमा बंगुर ब्यवशाय सञ्चालन गरेर जिविकोपार्जन गर्ने किसान हरु ब्यशायबाटै पलायन हुने स्थितीमा पुगेका छन ।

मौसमी रुघाखोकीका कारण मानिसहरु बिरामी हुने र बिरामीको मृत्युका खबरहरु सञ्चारमाध्याममा स्वाइनफ्लु भनी प्रचार प्रसार गर्दा बंगुर ब्यवशायी किसानहरु मर्कामा परेका हुन । प्रतिदिन २५ सय केजी बंगुरको मासु बिक्री भइरहदा तीन हप्तादेखि स्वाइनफ्लुको हल्लाका कारण बंगुरको मासु बिक्री हुन छोड्दा किसानहरु मर्कामा परेको बंगुर बृडर कृषक सहकारी संस्था पोखराका अध्यक्ष योग बहादुर आचार्यले वताए ।

कास्कीमा ११३ वटा बंगुर फर्म रहेको र फर्ममा रहेका बंगुर र कामदारहरुमा मौसमी रुघाखोकी नदेखिएको र मौसमी रुघाखोकीलाई स्वाइनफ्लु भनेर हल्ला फैल्याउदा ब्यवशायनै ठप्प हुन पुगेको आचार्यले वताए । हाल पोखरामा बंगुरको मासु बिक्री गर्ने दुइ दर्जन फ्रेस हाउस पनि बन्द अवस्थामा रहेको आचार्यले वताए ।

जिल्ला पशु सेवा कार्यालय कास्कीका प्रमुख डाक्टर पुरुषोत्तम त्रिपाठीले कास्कीमा रहेका बंगुरमा मात्र नभइ हाल सम्म संसारमा कुनैपनी बंगुरमा स्वाइनफ्लु रोग नलागेको वताए । स्वाइन फ्लु रोग हाल सम्म बंगुरमा कहीपनि नभेटिएकाले विभिन्न सञ्चारमाध्याममा स्वाइनफ्लुको कारण बंगुर भनी प्रचार प्रसार गरिनु गलत भएको वताए । यस्ता समाचारहरुले बंगुर ब्यवशायनै धरापमा पार्ने काम भएकाले यस्ता विषयमा समाचारहरु सम्प्रेशण गर्दा बुझेरमात्र गर्नुपर्नेमा जोड दिए ।

त्यस्तै बंगुर ब्यवशायी संघका केन्द्रिय अध्यक्ष उमेश राइले बंगुर फर्ममा काम गर्ने र बंगुरको मासु खाएकै कारण कोही पनि मौसमी रुघाखोकीका कारण मृत्यु नभएको वताए । नेपाल अधिराज्य भरि मौसमी रुघाखोकीका कारण मानिसहरुको मृत्यु भइरहदा आफ्नो संस्थाले गरेको अनुसन्धानका क्रममा कोही कसैको पनि बंगुरको मासु खाएकै भरमा विरामी नपरेको पाइएको राइको भनाइ रहेको छ ।

कमेन्टहरु
Loading...